मुख्य समाचार
पर्यटकीयस्थल नमोबुद्धमा विशेष मेला
पर्यटकीयस्थल नमोबुद्धमा विशेष मेला

: काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार नमोबुद्ध मेला लागेको छ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन यहाँ नमोबुद्ध मेलाका साथै जात्रा लाग्ने गर्दछ। जात्रामा दिवङ्गत आत्माहरूको स्मरणमा दीप प्रज्वलन तथा पूजाआजा गर्ने गरिन्छ। देशका विभिन्न जिल्लासँगै अन्य देशबाट समेत बौद्ध धर्मावलम्बीहरू जात्रामा आउने गर्छन्। पूर्णिमाको दिन शान्तिका प्रतीक गौतम बुद्धले पूर्वजन्ममा ‘राजकुमार’का रूपमा देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन मानिने भएकाले यस दिन विशेष घुइँचो लाग्ने गर्दछ।

किंवदन्तीअनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गर्नुअघिको जीवन त्याग गरेको र ‘नमोबुद्धाय नमः’ बाट नमोबुद्ध नामकरण भएको स्थान मानिन्छ । नमोबुद्ध क्षेत्र विकास कोषका अध्यक्ष शंखबुद्ध लामाले तत्कालीन पञ्चालदेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमारले बघिनीलाई जीवन प्रदान गर्न आफ्नो शरीर त्याग गरेको किंवदन्ती रहेको बताए। उक्त घटनापछि राजा–रानीले पनि सोही क्षेत्रमा बाँकी जीवन चैत्य सेवामा बिताएको धार्मिक विश्वास रहेको लामाको भनाइ छ।




द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बी नमोबुद्धमा पुग्ने गर्दछन्। ऐतिहासिक अभिलेखअनुसार संवत् ९७४ मा गन्धमादन पर्वतको टुप्पोमा राजकुमारको अस्थिपञ्जर जम्मा गरी स्तूप ९चैत्य० निर्माण गरिएको उल्लेख छ।

पर्वतको टुप्पोमा राजकुमारले बघिनीलाई आफ्नो शरीरको मासु खुवाइरहेको दृश्य कुँदिएको मूर्ति पनि रहेको छ। जात्राका अवसरमा चैत्यमा पूजाअर्चना, दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी तथा सार्वजनिक संस्थामा जागिर खाएको आरोपमा सव -इन्जिनियर भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी सोमैविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार सोमैले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुङ्गास्थित रूम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक ...
। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले अनुसन्धान केन्द्रलाई गतिशिल बनाउने बताएका छन् । चारवटा अनुसन्धान केन्द्रका निर्देशकसँगको छलफलमा उपकुलपति थापाले अनुसन्धान केन्द्रलाई थप गतिशिल, समयसापेक्ष र अद्यावधिक बनाउने बताएका हुन् । विगतमा त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठा र गरिमाका रूपमा परिचित अनुसन्धान केन्द्रहरूलाई सोही हैसियतमा फर्काउन स्रोत र साधनयुक्त बनाउने, दक्ष मानवसंशाधन उपलब्ध गराउने र नीतिगत जटिलतालाई सम्बोधन ...
: सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध,आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले कतारको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै ...
। जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनी लागुऔषध मुद्दाका पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।
: प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो । सोही अवसरमा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम