मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने

: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ। क्यानले आगामी दुई वर्षका लागि आफ्ना प्रतियोगिताको टिकट बिक्री गर्ने विशेष अधिकारका लागि बोलपत्र आह्वान गरेको हो।

क्यानले नेपाल प्रिमियर लिग बाहेकका खेलहरूका लागि दुई वर्षको सम्झौता गर्न इच्छुक तथा योग्य कम्पनीले सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। क्यानले मंगलबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत टिकट बिक्री अधिकार प्रदान गर्न लागेको जनाएको छ।

इच्छुक बोलपत्रदाताले क्यानको मूलपानीस्थित कार्यालयबाट वा क्यानको आधिकारिक वेबसाइटमार्फत बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्। बोलपत्र कागजात प्राप्त गर्न १० हजार रुपैयाँ शुल्क तोकिएको छ। उक्त रकम फिर्ता नहुने सूचनामा उल्लेख छ। कागजात प्राप्त गर्ने अन्तिम मिति नोभेम्बर ३० सम्म तोकिएको छ। बोलपत्रदाताले डिसेम्बर १ तारिख दिउँसो १२ बजेसम्म क्यानको मूलपानीस्थित कार्यालयमा सिलबन्दी बोलपत्र बुझाइसक्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिने क्यानले जनाएको छ।

बोलपत्र पेश गर्ने कम्पनीले न्यूनतम १४ लाख रुपैयाँको धरौटी (बिड सेक्युरिटी) बुझाउनुपर्नेछ। बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म बोलपत्र मान्य रहनेछ। साथै धरौटीको अवधि बोलपत्रको मान्य अवधि सकिएको थप ३० दिनसम्म कायम हुनुपर्नेछ।

क्यानले बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म प्रस्ताव मान्य हुनुपर्ने व्यवस्था गरेको छ। बोलपत्रसम्बन्धी थप जानकारी क्यानको कार्यालय वा आधिकारिक वेबसाइटबाट लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो। छलफलका क्रममा सरकारले सीमित बजेटबाट मैदान सम्याउने (ग्राउन्ड ...
। लामो समयपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई एन्फा मुख्यालय पुगेका छन् । उनीहरू सोमबार एन्फा मुख्यालय सादोबाटो पुगेका हुन् । एन्फामाथि ११ असारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट आर्थिक तथा प्रशासनिक निलम्बन भएको थियो । ४ मंसिरमा राखेपले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन ...
। आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् । दशौं खेलकुदका ...
। एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। तर नेपालको छनोट समीकरण बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा पनि निर्भर हुनेछ। नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा ...
। कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम