मुख्य समाचार
सिँचाइ विभागका महानिर्देशक रजौरियाद्वारा प्रधानमन्त्री कार्यालय गएको स्वीकार
सिँचाइ विभागका महानिर्देशक रजौरियाद्वारा प्रधानमन्त्री कार्यालय गएको स्वीकार

। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने विषयमा छलफल गर्न आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरेका छन्। तर,उनले प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप भएको अनुभूति नगरेको बताएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा सांसद खुस्बु ओलीले आयोजना रद्द गर्ने विषयमा छलफल गर्न महानिर्देशक प्रधानमन्त्री कार्यालय गएको भन्ने समाचार सार्वजनिक भएको भन्दै यसबारे प्रश्न गरेकी थिइन्। ‘तपाईं नै गएको हो कि होइन ? जवाफ चाहन्छु,’ ओलीले सोधेकी थिइन्।

जवाफमा महानिर्देशक रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्री कार्यालय गएको हुँ। तर कुनै हस्तक्षेप अनुभूति गरेको होइन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संसदीय समितिले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलव्ध गराउन निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई विधि,प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न ...
। लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया ...
:धादिङको गल्छी गाउँपालिका –७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान ११ बजेतिर काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक जिल्ला डडेलधुरा अजयमेरु गाउँपालिका बस्ने अन्दाजी ...
: नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी तथा सार्वजनिक संस्थामा जागिर खाएको आरोपमा सव -इन्जिनियर भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी सोमैविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार सोमैले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुङ्गास्थित रूम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक ...
। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले अनुसन्धान केन्द्रलाई गतिशिल बनाउने बताएका छन् । चारवटा अनुसन्धान केन्द्रका निर्देशकसँगको छलफलमा उपकुलपति थापाले अनुसन्धान केन्द्रलाई थप गतिशिल, समयसापेक्ष र अद्यावधिक बनाउने बताएका हुन् । विगतमा त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठा र गरिमाका रूपमा परिचित अनुसन्धान केन्द्रहरूलाई सोही हैसियतमा फर्काउन स्रोत र साधनयुक्त बनाउने, दक्ष मानवसंशाधन उपलब्ध गराउने र नीतिगत जटिलतालाई सम्बोधन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम