मुख्य समाचार
मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताए
मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताए

: कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताएकी छन्।

मंगलबार काठमाडौंमा आयोजित जङ्गली औषधीय बोटबिरुवाको व्यवस्थापन सम्बनधी अन्तर्राष्ट्रिय दिगोपन मञ्चमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण साझा सम्पदा जोखिममा परेको भन्दै भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताइन्।

उनले पर्वतीय समुदाय-विशेषगरी महिला,युवा,आदिवासी जनजाति र स्थानीय समुदायलाई वास्तविक तथा न्यायपूर्ण आर्थिक अवसर पुर्‍याउने गरि हिमाली प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । हिमाली प्राकृतिक सम्पदा लाभहरू समान रूपमा बाँडफाँड गर्नका लागि पारदर्शी,जिम्मेवार र कानुनसम्मत क्षेत्रीय अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताइन्

साथै उनले २०२७ देखि २०३२ सम्मको प्रस्तावित क्षेत्रीय सहकार्य ढाँचा र कार्ययोजनाले राजनीतिक दृष्टिकोणलाई सामूहिक कार्यमा रूपान्तरण गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ । जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ...
: झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर १० ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब ९:३० बजेतिर दमक नगरपालिका–९ प्रधान टोलमा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले नयाँ कानुन थप्दै जाने ...
: संसदीय समितिले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलव्ध गराउन निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई विधि,प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न ...
। लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम