मुख्य समाचार
चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी
चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी

। चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नेछन् । उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन्।

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नेछन्। चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उनी शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्किनेछन्।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।


मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसकेका छन्। उनी तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्ने सीसीटीभीले जनाएको छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानका सर्वोच्च नेता मोजतबा खामेनीले जनसंख्या वृद्धि र राष्ट्रिय सुरक्षाबीच गहिरो सम्बन्ध रहेको बताएका छन् । राष्ट्रिय जनसंख्या पुरस्कारको चौथो संस्करणका अवसरमा उनले जनसंख्या वृद्धि राष्ट्रिय सुरक्षाका लागि अनिवार्य रहेको बताएका हुन् । ‘जनसंख्या वृद्धि अनिवार्य छ । यसले राष्ट्रको क्षमता साकार पार्न, वैज्ञानिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक अवसर सिर्जना र विस्तार गर्न मात्र नभई शत्रुका ...
। चीनले नेपालको विपद्‌पछिको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। हालैको बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना बनाएको, जसमा चीनले सहयोग गर्ने सङ्केत गरे पनि रकम नतोकेको ...
: अमेरिकी अर्थ मन्त्रालयले धेरै इरानी व्यक्ति र संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ। मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको सूचीमा दुई दर्जनको नाम समावेश छ। जसमा नौ इरानी नागरिक , तेहरान र दुबईमा रहेका कम्पनीहरू समावेश छन्। यी प्रतिबन्धहरू इरानको विश्वव्यापी छायाँ बैंकिङ नेटवर्कलाई रोक्नको लागि गरिएको ठूलो प्रयासको एक हिस्सा भएको अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ। मन्त्रालयका ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले १६ डिसेम्बरमा भारतबाट आफ्नो देश फर्कने घोषणा गरेकी छन् । १६ डिसेम्बरको दिनलाई बंगलादेशमा विजय दिवसको रूपमा मनाइन्छ । पाकिस्तानसँगको युद्धपछि सन् १९७१ मा यसै दिन बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो। समाचार एजेन्सी एसोसिएटेड प्रेस एपीका अनुसार मंगलबार आफ्नो फिर्ताको मिति घोषणा गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय एयरलाइन मार्फत ...
: लिबियाको बेन्गाजीस्थित बन्दरगाहमा युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोत डुबेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । आइतबार बिहान इन्धन तथा आवश्यक सामग्री भरेर रुस फर्किने तयारीमा रहेको रुसी युद्धपोतमा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जेलेन्स्कीका अनुसार आक्रमणमा रुसी नौसेनाको कोर्भेट युद्धपोत ‘मर्क्युरी’ डुबेको छ । उक्त आक्रमणका लागि सातवटा नौसैनिक ड्रोन प्रयोग गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम