मुख्य समाचार
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी

। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमै समेटेको थियो । कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै सबै विकेट गुमाएको थियो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । ३६ बलको सामना गरेकी उनले एक छक्का र पाँच चौका प्रहार गरिन् । रुविना महलाले पाँच तथा सिर्जनाकुमारी राजवंशीले चार रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले दुई ओभर मेडन राख्दै ६ रन मात्र खर्चिइन् । मनीषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक-एक विकेट लिए ।


६६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । आर्मीका लागि ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । २८ बल खेलेकी उनले तीन चौका प्रहार गरिन् ।

त्यस्तै रुबी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् ।

कोशीका कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । उत्कृष्ट बलिङ प्रदर्शन गरेकी आर्मीकी यमुना थारु खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।

महिला क्रिकेटको उद्घाटन खेलमा जित निकाल्दै आर्मीले दशौँ राष्ट्रिय खेलकुदमा आफ्नो उपाधि यात्राको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए । सुजन मगरले ४६औं मिनेटमा अर्को गोल गरे ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्दैछन् । भविष्यमा एनपीएललाई ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तथा त्यसका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर मन्त्री पोखरेलले मंगलबार सिंहदरबारमै फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ...
: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ। क्यानले आगामी दुई वर्षका लागि आफ्ना प्रतियोगिताको टिकट बिक्री गर्ने विशेष अधिकारका लागि बोलपत्र आह्वान गरेको हो। क्यानले नेपाल प्रिमियर लिग बाहेकका खेलहरूका लागि दुई वर्षको सम्झौता गर्न इच्छुक तथा योग्य कम्पनीले सिलबन्दी ...
: खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो। छलफलका क्रममा सरकारले सीमित बजेटबाट मैदान सम्याउने (ग्राउन्ड ...
। लामो समयपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई एन्फा मुख्यालय पुगेका छन् । उनीहरू सोमबार एन्फा मुख्यालय सादोबाटो पुगेका हुन् । एन्फामाथि ११ असारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट आर्थिक तथा प्रशासनिक निलम्बन भएको थियो । ४ मंसिरमा राखेपले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम