मुख्य समाचार
सुदूरपश्चिममा एक महिनामा भएका सवारी दुर्घटनाहरूमध्ये ८४ प्रतिशत चालकको लापरवाहीका कारण
सुदूरपश्चिममा एक महिनामा भएका सवारी दुर्घटनाहरूमध्ये ८४ प्रतिशत चालकको लापरवाहीका कारण

। सुदूरपश्चिममा एक महिनामा भएका सवारी दुर्घटनाहरूमध्ये ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार कात्तिक महिनामा यस प्रदेशमा साना ठुला गरी ३१२ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये २६२ अर्थात् झण्डै ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका प्रहरीको दाबी छ ।
प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको कात्तिक महिनाको अपराध तालिका अनुसार पैदल यात्रीको कारण १७ दुर्घटना भएका छन् ।

यस्तै, पशु चौपायका कारण ११, मादक पदार्थ सेवन गरेको कारण १०, सवारी सधानका कारण ८, मौसमको कारण २, यात्रुको कारण १ र सडकको कारण १ दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यी सवारी दुर्घटनामा ४३२ सवारी साधन संलग्न भए ।


कात्तिक महिनामा सवारी दुर्घटनामा परी २१ जनाको ज्यान गएको छ । दुर्घटनामा परी घाइते हुनेको संख्या ३८९ रहेको छ । प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा विभिन्न शीर्षकमा चार हजार पाँच सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीबाट ३४ लाख ६९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

कात्तिक महिनामा दशैं, तिहार र छठको अवसरमा देश–विदेशबाट घर फर्कने यात्रुहरूलाई सुरक्षाको प्रत्याभूति दिलाएको प्रहरीको दाबी छ । सवारी तथा अन्य दुर्घटनामा प्रहरी परिचलान गरी घाइतेहरूको तत्काल उद्दार गरी उपचारको लागि अस्पताल पठाउने कार्य गरिएको प्रहरीले जनाएको छ ।

६८ फरार प्रतिवादी पक्राउ

कात्तिक महिनामा प्रहरीले विभिन्न मुद्दाका ६८ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार विभिन्न अदालतहरूबाट कसुरदार ठहर भई फरार रहेका प्रतिवादीहरूलाई अदालतको फैसला कायान्वयनको सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका फरार प्रतिवादीबाट जम्मा १६ वर्ष नौ महिना चार दिन कैद सजाय भुक्तान हुनेछ ।

यस्तै, ४६ लाख २७ हजार ४८० रुपैयाँ जरिवाना समेत असुल हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर उनको थियो । ‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन ...
: झापा कारागार, भद्रपुरमा जेल जीवन बिताइरहेका एक कैदी अस्पतालबाटै फरार भएका छन् ।झापाबाट उपचारका लागि मोरङ लगिएका कैदी सुमन भन्ने सन्तोष राई फरार भएका हुन् । भारतको पश्चिम बङ्गाल तथा अछाम घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका राई २०८२ वैशाख २८ गतेदेखि चोरी मुद्दामा झापा कारागारमा बन्दी जीवन बिताउँदै आएका थिए । बिरामी ...
। प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ । जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ...
: झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर १० ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब ९:३० बजेतिर दमक नगरपालिका–९ प्रधान टोलमा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले नयाँ कानुन थप्दै जाने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम