। नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउने लक्ष्यसहित युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र लगानी आकर्षण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र युरोपेली राजदूत चाल्र्स ह्वाइटलीबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र युरोपबीचको व्यापारिक सम्बन्ध विस्तार तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको हो ।
भेटका क्रममा नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई युरोपेली बजारसँग प्रत्यक्ष जोड्ने विषयमा विशेष जोड दिइएको छ ।
त्यसैगरी, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातका नयाँ सम्भावना पहिचान गर्ने तथा नेपालमा युरोपेली लगानी भित्र्याउने वातावरण निर्माण गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।
उक्त छलफलले आगामी दिनमा नेपाल र युरोपबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।