मुख्य समाचार
बङ्गलादेश सरकारले शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारे
बङ्गलादेश सरकारले शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारे

। बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ ।

हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए। तर, विदेश राज्यमन्त्री हुमायूँ कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै उनी सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताएका छन्।

कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारसँग कुरा गर्दै कबिरले बङ्गलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको उल्लेख गरे । उनले इच्छा र वास्तविकता फरक हुने भन्दै हसिना फर्किए हत्कडी लगाइने चेतावनी दिए।

हसिनाले डिसेम्बर १६ मा फर्कने घोषणा गरेपछि सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) ले भारतसँगको सीमामा गस्ती बढाएको छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि भारत जानुभएकी हसिना त्यसयता त्यहीँ रहँदै आएकी छन् । उनको स्वदेश फर्कने घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव बढाएको छ भने सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


यसैबीच, सरकारले बदलिँदो राजनीतिक अवस्थाबारे विपक्षीसहित विभिन्न दलसँग छलफल गरेको छ । राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे बैठक भएको जनाइएको छ ।

सरकारले विदेशी कूटनीतिज्ञहरूलाई हसिनाको अवामी लिग पार्टीले आतङ्कवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै त्यसका सदस्यहरू फर्किए कानूनी कारबाही गरिने जानकारी दिएको छ ।

डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बङ्गलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा यो दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेटिक सांसद जिमी गोमेजले यौन दुर्व्यवहारको विश्वसनीय प्रमाण भेटिएपछि कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेका छन्। अमेरिकी समाचार संस्था सीबीएस न्युजका अनुसार अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको आचारसंहिता समितिले सोमबार छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि उनले पद छोड्ने निर्णय गरेका हुन्। आचारसंहिता समितिको प्रतिवेदनमा गोमेजले आफू र कर्मचारीबीचको शक्तिको असन्तुलनलाई बेवास्ता गर्दै संसद्की एक महिला कर्मचारीमाथि ...
इरानका सर्वोच्च नेता मोजतबा खामेनीले जनसंख्या वृद्धि र राष्ट्रिय सुरक्षाबीच गहिरो सम्बन्ध रहेको बताएका छन् । राष्ट्रिय जनसंख्या पुरस्कारको चौथो संस्करणका अवसरमा उनले जनसंख्या वृद्धि राष्ट्रिय सुरक्षाका लागि अनिवार्य रहेको बताएका हुन् । ‘जनसंख्या वृद्धि अनिवार्य छ । यसले राष्ट्रको क्षमता साकार पार्न, वैज्ञानिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक अवसर सिर्जना र विस्तार गर्न मात्र नभई शत्रुका ...
। चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र ...
। चीनले नेपालको विपद्‌पछिको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। हालैको बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना बनाएको, जसमा चीनले सहयोग गर्ने सङ्केत गरे पनि रकम नतोकेको ...
: अमेरिकी अर्थ मन्त्रालयले धेरै इरानी व्यक्ति र संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ। मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको सूचीमा दुई दर्जनको नाम समावेश छ। जसमा नौ इरानी नागरिक , तेहरान र दुबईमा रहेका कम्पनीहरू समावेश छन्। यी प्रतिबन्धहरू इरानको विश्वव्यापी छायाँ बैंकिङ नेटवर्कलाई रोक्नको लागि गरिएको ठूलो प्रयासको एक हिस्सा भएको अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ। मन्त्रालयका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम