मुख्य समाचार
हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य
हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य

। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बतएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हिमालय पहाडको शृङ्खला मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको बताएकी हुन् ।

मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको बताइन् ।

उनले हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधताको संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्‍याइरहेको बताइन् ।


जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताइन् ।

उनले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय तथा अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढाएको बताइन् ।

‘हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ,’ मन्त्री चौधरीले भनिन् ।

उनले हिमाली मुलुकले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता चुनौती एक्लाएक्लै समाधान गर्न नसक्ने भएकाले राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ रास्वपाभित्रको समस्यामा कांग्रेस प्रवेश नगर्ने बताएका छन् । मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो कुरा पार्टीको महाधिवेशन सम्बन्धी दस्ताबेजमा उल्लेख गरेको थापाले बताएका हुन् । ‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनैपनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौं, हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच पनि गदैनौं, हामी ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीकै शेरबहादुर देउवा समूहका नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले एकै पार्टीको दुई वटा महाधिवेशन हुन नसक्ने बताउँदै त्यस्ता गतिविधि बन्द गर्न भनेका हुन्। उनले हाल राष्ट्रिय सभा तथा स्थानीय तहमा जनप्रतिनिधिरहेकाहरू देउवा ...
। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ...
। सुदूरपश्चिममा एक महिनामा भएका सवारी दुर्घटनाहरूमध्ये ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार कात्तिक महिनामा यस प्रदेशमा साना ठुला गरी ३१२ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये २६२ अर्थात् झण्डै ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका प्रहरीको दाबी छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर उनको थियो । ‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम