मुख्य समाचार
वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाए
वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाए

। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन् । यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ ।

जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै बनेको थियो । यस खोजले यसअघि कायम रहेका दूरी तथा समयसम्बन्धी अभिलेख तोडेको छ ।

युरोपेली दक्षिणी वेधशालाका अनुसन्धानकर्ता तथा अध्ययनका प्रमुख जुलियन वुल्फका अनुसार यसअघिका दुई अभिलेखले क्वासरको निर्माण समय करिब डेढ करोड वर्षले मात्र पछाडि सारेका थिए । तर नयाँ खोजले त्यो समय करिब चार करोड वर्ष पछाडि पुर्‍याएको छ । उनले यसलाई झन्डै एक दशकयताकै ठूलो प्रगति बताएका छन्।

युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड टेलिस्कोपले सङ्कलन गरेका लाखौँ अवलोकनको विश्लेषण गर्ने क्रममा अनुसन्धान टोलीले उक्त क्वासर फेला पारेको हो । सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले ब्रह्माण्डको विस्तारमा भूमिका खेल्ने डार्क म्याटर र डार्क इनर्जीबारे जानकारी प्राप्त गर्न आकाशगङ्गाहरूको सर्वेक्षण गरिरहेको छ ।


अनुसन्धानकर्ता वुल्फका अनुसार ब्रह्माण्डको सुरुआती अवस्थामा क्वासर भेटिनु आफैँमा दुर्लभ घटना हो । त्यसमा पनि यसको ब्ल्याक होलको असाधारण ठूलो आकार र त्यसले वरिपरिको पदार्थ तुलनात्मक रूपमा सुस्त गतिमा ग्रहण गरिरहेको अवस्था थप चासोको विषय बनेको छ । वैज्ञानिकहरूले यसलाई करिब १३ अर्ब १० करोड वर्षअघिको अवस्थामा देखेका हुन् । त्यतिबेला ब्रह्माण्डको उमेर अहिलेको तुलनामा पाँच प्रतिशतभन्दा कम थियो ।

वुल्फले आयरल्यान्डको अरान टापुमा रहेको प्रागैतिहासिक ढुङ्गे किल्ला डन ओङ्हासाको नामबाट उक्त क्वासरलाई यही नाम दिएका छन् । उनकी श्रीमती र छोरी आयरिस भएकाले परिवारसहित उक्त किल्ला भ्रमण गर्दा त्यसबाट प्रभावित भएका थिए । उनका अनुसार किल्लाले क्वासरले जस्तै अझै अन्वेषण गर्न बाँकी विशाल क्षितिजको सङ्केत गर्छ ।

हबल र जेम्स वेब अन्तरिक्ष दूरबिनलगायत पृथ्वी तथा अन्तरिक्षमा रहेका अन्य वेधशालाबाट पनि टोलीको खोज पुष्टि भएको छ । वेब दूरबिनबाट प्राप्त विवरणअनुसार उक्त क्वासरलाई ऊर्जा प्रदान गर्ने ब्ल्याक होलको द्रव्यमान सूर्यको भन्दा करिब ३६ करोड गुणा बढी छ । ब्रह्माण्डको यति प्रारम्भिक चरणमै ब्ल्याक होलको आकार यति ठूलो हुनु वैज्ञानिकका लागि आश्चर्यको विषय बनेको छ ।

अध्ययनको अन्तिम निष्कर्ष ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित भएको छ । वुल्फले बिग ब्याङपछि करिब ६३ करोड वर्षमै ब्ल्याक होल सूर्यको द्रव्यमानको ३६ करोड गुणासम्म कसरी बढ्यो भन्ने प्रश्नले प्रारम्भिक ब्रह्माण्डबारे थप अनुसन्धान आवश्यक बनाएको बताएका छन्।

उनका अनुसार नयाँ खोजले प्रारम्भिक ब्रह्माण्डको अध्ययनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ । तर यो अभिलेख केही महिनामै अर्को खोजले तोड्न सक्ने वा वर्षौंसम्म कायम रहन सक्ने सम्भावना पनि उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग ...
। अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेटिक सांसद जिमी गोमेजले यौन दुर्व्यवहारको विश्वसनीय प्रमाण भेटिएपछि कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेका छन्। अमेरिकी समाचार संस्था सीबीएस न्युजका अनुसार अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको आचारसंहिता समितिले सोमबार छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि उनले पद छोड्ने निर्णय गरेका हुन्। आचारसंहिता समितिको प्रतिवेदनमा गोमेजले आफू र कर्मचारीबीचको शक्तिको असन्तुलनलाई बेवास्ता गर्दै संसद्की एक महिला कर्मचारीमाथि ...
इरानका सर्वोच्च नेता मोजतबा खामेनीले जनसंख्या वृद्धि र राष्ट्रिय सुरक्षाबीच गहिरो सम्बन्ध रहेको बताएका छन् । राष्ट्रिय जनसंख्या पुरस्कारको चौथो संस्करणका अवसरमा उनले जनसंख्या वृद्धि राष्ट्रिय सुरक्षाका लागि अनिवार्य रहेको बताएका हुन् । ‘जनसंख्या वृद्धि अनिवार्य छ । यसले राष्ट्रको क्षमता साकार पार्न, वैज्ञानिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक अवसर सिर्जना र विस्तार गर्न मात्र नभई शत्रुका ...
। चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र ...
। चीनले नेपालको विपद्‌पछिको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। हालैको बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना बनाएको, जसमा चीनले सहयोग गर्ने सङ्केत गरे पनि रकम नतोकेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम