मुख्य समाचार
बालेनलाई भारतीय सांसदको मेन्सन- मोदीले युवामाथि कस्तो व्यवहार गरिरहेका छन्, हेर्नुहोस्
बालेनलाई भारतीय सांसदको मेन्सन- मोदीले युवामाथि कस्तो व्यवहार गरिरहेका छन्, हेर्नुहोस्

। भारतको विपक्षी दल अखिल भारतीय तृणमूल कङ्ग्रेस (टीएमसी) की लोकसभा सांसद महुआ मोइत्राले नेपालका प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेकी छन्।

पश्चिम बङ्गालको कृष्णनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्य रहेकी मोइत्राले मङ्गलबार एक्स मार्फत कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरव दासलाई विदेश यात्राबाट रोकिएको दाबी गर्दै प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएकी हुन्।




दासकी आमा नेपाली मूलकी भएकै कारण मोदी सरकारले उनलाई बेलायतस्थित अक्सफोर्ड युनियनको कार्यक्रममा सहभागी हुन जानबाट रोकेको आरोप मोइत्राले लगाएकी छन्।

प्रधानमन्त्री शाहलाई मेन्सन गर्दै उनले लेखेकी छन्, ‘प्रिय बालेन शाह, हाम्रा प्रधानमन्त्री तपाईँसँग घनिष्ठता बढाइरहेका छन् र अर्कोतिर जेनजी सौरव दासलाई उनकी आमा नेपाली मूलकी भएकै कारण अक्सफोर्ड युनियनमा बोल्न जानबाट रोकिएको छ !’


उनले थपेकी छन्, ‘तपाईँ युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हेर्नुहोस्, हाम्रा प्रधानमन्त्रीले हाम्रा युवाहरूसँग कस्तो व्यवहार गरिरहेका छन् ! लाजमर्दो।‘

के हो सौरव दासको प्रकरण ?

भारतमा युवा नेतृत्वको कक्रोच आन्दोलनसँग जोडिएका सीजेपी प्रवक्ता सौरव दासले सोमबार राति दिल्ली विमानस्थलको अध्यागमनमा आफूलाई लन्डन उड्नबाट रोकिएको बताएका थिए।

आगामी डिसेम्बर १ मा बेलायतको अक्सफोर्ड युनियनसहित क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स र एडिनबर्ग विश्वविद्यालयमा कक्रोच आन्दोलन बारे सम्बोधन गर्न निम्त्याइएको भए पनि सरकारले आफूलाई रोकेको उनको आरोप छ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै दासले भनेका छन्, ‘अध्यागमन जाँचका लागि पुग्नासाथ मेरो राहदानी फ्ल्याग गरिएको थाहा पाएँ। पढेलेखेको एक युवा पढेलेखेका मानिसहरूमाझ गएर बौद्धिक कुरा गर्छ भन्ने कुराबाट सरकार किन यति डराएको छ ?’

यद्यपि, दासलाई विमानस्थलमा रोकिएको दाबीबारे भारत सरकार, विमानस्थल प्रशासन वा अध्यागमन अधिकारीहरूका तर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। भारतीय समाचारपत्र हिन्दुस्तान टाइम्सका अनुसार दिल्ली प्रहरीका एक अधिकारीले यस विषयमा प्रहरीलाई जानकारी नभएको र यो अध्यागमन निकायसँग सम्बन्धित मामिला भएको बताएका छन्।

नेपालमा युवा आन्दोलनपछिको निर्वाचनबाट प्रधानमन्त्री बनेका बालेन शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ६ देखि ७ मंसिरसम्म दुईदिने भारत राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका थिए। भ्रमण सकिएको भोलिपल्टै भारतीय विपक्षी सांसद मोइत्राले बालेनलाई मेन्सन गर्दै मोदी सरकारमाथि निशाना साँधेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताएका छन्। इजरायली राजदूतावासद्वारा मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रममा मन्त्री पुनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत अनुसन्धानमा लगानी गरेकै कारण मरुभूमि मुलुक इजरायल प्रविधि र कृषिमा विश्वकै अग्रणी बनेको उल्लेख गरे। विगत १५ वर्षदेखि ...
: भगवान् श्रीरामको जन्मस्थल भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट माता जानकीको जन्मस्थल जनकपुरधामसम्म करिब ६ सय ४० किलोमिटरको दूरी तय गर्दै ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार नेपाल आइपुगेको छ। रामायणकालीन त्रेतायुगको सम्बन्धलाई अझ सशक्त र बलियो बनाउने विश्वासका साथ सञ्चालनमा ल्याइएको दुई देशबीचको अन्तरदेशीय रेललाई स्वागत गर्न जनकपुरधाम रेल्वे स्टेसन ‘जय श्रीसीताराम’को नाराले गुञ्जायमान भएको थियो। धोती, कुर्ता र गम्छामा ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति ११:१५ बजे काठमाडौं आएका उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले मलद्वार र भित्री वस्त्रमा प्लास्टिकले बेरेर उक्त पदार्थ ...
: प्रहरी महानिरीक्षक (आइजीपी) डा. मनोज कुमार केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा विपद्‍बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायप्रति अमेरिकी सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितहरूको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले पुर्‍याएको ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता केन्द्रित हुँदा गत वर्ष भदौमा जेनजी आन्दोलन भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया सत्ता केन्द्रित भएकै कारणले गत वर्ष भदौ २३ र २४ गतेको घटना भएको बताएका हुन्। उनले पछिल्लो १० वर्ष सरकारले जनतालाई दिनुपर्ने सेवा दिन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम