मुख्य समाचार
एसिया कप राइजिङ स्टार्समा‌ समूह बी अन्तर्गतको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिए
एसिया कप राइजिङ स्टार्समा‌ समूह बी अन्तर्गतको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिए

: एसिया कप राइजिङ स्टार्समा‌ समूह बी अन्तर्गतको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

समूह बी मा नेपालले तीन खेलमा एक मात्र जित दर्ता गर्दै समूहचरणबाटै बाहिरिएको हो। लाई हराउँदै पाकिस्तान ‘ए’ भने समूह बीको विजेताको रुपमा सेमिफाइनल खेल्नेछ। कतारको दोहास्थित भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रन बनाउँदै अल आउट भएको थियो।

पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको नेपाल १७.३ ओभरमा ७२ रन बनाउँदै अल आउट भएको हो। नेपालका लागि ओपनरबाट मयन यादवले ४१ रन बनाउँदा बशिर अहमदले ११ रन बनाए। नेपालका ६ जना ब्याटर डकआउट भए। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

भारत ‘ए’ सँग पनि ब्याटिङमा चुकेको नेपालले पाकिस्तान ‘ए’सँगको खेलमा पनि ब्याटिङले प्रभाव पार्न सकेन। बलिङमा १६८ रनमा पाकिस्तानलाई रोकेको नेपाल पुनः ब्याटिङमा चुक्यो। जसका कारण नेपालले सेमिफाइनल खल्ने अवसर पनि गुमायो। पाकिस्तानका लागि बलिङतर्फ मोहम्मद हसनैन र सुफ्यान मोकिमले ३-३ विकेट लिए। मोहम्मद इमरानले दुई विकेट लिँदा माज सदाकतले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको पाकिस्तानको लागि रोहेल नजिरले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले उनले ८३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहे। ओपनर माज सदागदले १३ रन बनाउँदा हैदर अलीले १५ रन बनाए । हसन नवाज २८ र कप्तान अब्दुल सामद १३ रन बनाउँदै पेभेलियन फर्किएका हुन्।‌ अहमद दनियाल १६ रनमा क्याच आउट भए।

पाकिस्तान ‘ए’विरुद्ध नेपालका अलराउन्डर रासिद खानले सर्वाधिक पाँच विकेट लिएका थिए। अभिशेष गौतमले २ विकेट लिँदा सन्दिप लामिछाने र कुशल भुर्तेल १-१ विकेट लिएका हुन्।

नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान ‘ए’ भने समूह चरणको दुवै खेलमा अपराजित रहेको छ। समूह चरणको पहिलो खेलमा पाकिस्तान ‘ए’ले यूएईलाई ६१ रनले हराएको थियो। दोस्रो खेलमा पाकिस्तान‘ए’ ले भारत ‘ए’लाई ४८ रनले हराएको थियो।

नेपाललाई पराजित गर्दै पाकिस्तान ‘एु भने समूह बी को विजेताको रूपमा सेमीफाइनल प्रवेश गरेको हो। समूह बी बाट उपविजेताको रुपमा भारत ‘ए’ ले सेमीफाइनल खेल्नेछ।‌

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमै समेटेको थियो । कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै ...
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए । सुजन मगरले ४६औं मिनेटमा अर्को गोल गरे ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्दैछन् । भविष्यमा एनपीएललाई ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तथा त्यसका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर मन्त्री पोखरेलले मंगलबार सिंहदरबारमै फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ...
: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ। क्यानले आगामी दुई वर्षका लागि आफ्ना प्रतियोगिताको टिकट बिक्री गर्ने विशेष अधिकारका लागि बोलपत्र आह्वान गरेको हो। क्यानले नेपाल प्रिमियर लिग बाहेकका खेलहरूका लागि दुई वर्षको सम्झौता गर्न इच्छुक तथा योग्य कम्पनीले सिलबन्दी ...
: खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो। छलफलका क्रममा सरकारले सीमित बजेटबाट मैदान सम्याउने (ग्राउन्ड ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम