मुख्य समाचार
मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताए
मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताए

: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताएका छन्।

इजरायली राजदूतावासद्वारा मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रममा मन्त्री पुनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत अनुसन्धानमा लगानी गरेकै कारण मरुभूमि मुलुक इजरायल प्रविधि र कृषिमा विश्वकै अग्रणी बनेको उल्लेख गरे।

विगत १५ वर्षदेखि आफूले जीडीपीको कम्तीमा एक प्रतिशत अनुसन्धानमा लगाउन आवाज उठाउँदै आएको स्मरण गर्दै मन्त्री पुनले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले इतिहासकै पहिलो पटक पुँजीगत खर्चको एक प्रतिशत रकम यस क्षेत्रमा विनियोजन गरेको जानकारी दिए।

पाँच महिनाअघि गठित मन्त्रालयले शून्यबाट काम सुरु गर्दै कृषि औजार, ड्रोन, बायोमेडिकल, खाद्य, आयुर्वेद, एआई, साइबर सुरक्षा र रोबोटिक्ससम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्ने योजना बनाएको उनले जानकारी दिएका थिए। स्वदेशी निजी क्षेत्र, प्राज्ञिक वर्ग र मित्रराष्ट्रहरूसँगको सहकार्यमा आगामी १०–१५ वर्षभित्र रोजगारी सिर्जना गर्दै नेपाललाई समृद्ध बनाउने लक्ष्य रहेको मन्त्री पुनको भनाइ छ।

नेपालस्थित इजरायली राजदूतावासले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) र उदीयमान प्रविधिहरूमा इजरायलको विशेषज्ञता तथा अनुभवबारे अन्वेषण गर्न सरकार, सूचना प्रविधि (आईटी), एआई, बैंकिङ तथा अन्य सरोकारवाला क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा ल्याएको थियो।

राजदूत श्मुलिक एरी बासले साइबर र कृत्रिम बुद्धिमत्तामा इजरायलको अनुभव नेपालसँग साझा गर्नाले नवप्रवर्तन र सहकार्यका नयाँ मार्गहरू खुल्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। २६ कात्तिकका दिन मकवानपुर भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान वा एकाग्रतामा आएको कमीका कारण भएको निष्कर्ष छानबिन प्रतिवेदनले निकालेको देखाएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी सडकबाट ५ सयदेखि ७ सय ...
: प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका छलफल तथा समझदारीहरूले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। भ्रमण दलमा बिजनेस डेलिगेसनको सदस्यका रूपमा सहभागी होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल ...
। काभ्रेपलाञ्चोक धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरे । सम्झौता अनुसार धुलिखेल नगरपालिका–७ टुँडिखेलस्थित करिब १० रोपनी क्षेत्रफलमा साझेदारी प्रारूपको पार्क निर्माण हुनेछ ...
: भगवान् श्रीरामको जन्मस्थल भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट माता जानकीको जन्मस्थल जनकपुरधामसम्म करिब ६ सय ४० किलोमिटरको दूरी तय गर्दै ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार नेपाल आइपुगेको छ। रामायणकालीन त्रेतायुगको सम्बन्धलाई अझ सशक्त र बलियो बनाउने विश्वासका साथ सञ्चालनमा ल्याइएको दुई देशबीचको अन्तरदेशीय रेललाई स्वागत गर्न जनकपुरधाम रेल्वे स्टेसन ‘जय श्रीसीताराम’को नाराले गुञ्जायमान भएको थियो। धोती, कुर्ता र गम्छामा ...
। भारतको विपक्षी दल अखिल भारतीय तृणमूल कङ्ग्रेस (टीएमसी) की लोकसभा सांसद महुआ मोइत्राले नेपालका प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेकी छन्। पश्चिम बङ्गालको कृष्णनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्य रहेकी मोइत्राले मङ्गलबार एक्स मार्फत कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरव दासलाई विदेश यात्राबाट रोकिएको दाबी गर्दै प्रधानमन्त्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम