मुख्य समाचार
साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रको एक अग्लो भवनमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा परी तीन नेपालीसहित ११ जना घाइते
साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रको एक अग्लो भवनमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा परी तीन नेपालीसहित ११ जना घाइते

: साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रको एक अग्लो भवनमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा परी तीन नेपालीसहित ११ जना घाइते भएका छन्।

साउदी अरबको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार मंगलबार (नोभेम्बर २४) वित्तीय केन्द्रस्थित एक भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो।

आक्रमणमा दुई साउदी नागरिक, दुई भारतीय, तीन नेपाली र चार इजिप्सियन नागरिक घाइते भएका छन्। साउदी नागरिक सुरक्षा निकाय (सिभिल डिफेन्स) ले घटनाको पुष्टि गर्दै घाइतेहरूको राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेको हो।

घटनालगत्तै सम्बन्धित सुरक्षा तथा उद्धार निकाय परिचालन गरिएको र मानवीय क्षति तथा सम्पत्तिको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाइएको सिभिल डिफेन्सले जनाएको छ।

यमनमा सक्रिय हुथी विद्रोही समूहलाई लक्षित गर्दै साउदी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता मेजर जनरल तुर्की अल मल्कीले रियादको वित्तीय केन्द्रस्थित एक टावरमा ‘कायरतापूर्ण आतंकवादी आक्रमण’ भएको बताएका छन्।

घटनास्थलमा सम्बन्धित निकायले अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्। यो एक साताभित्र रियादको वित्तीय केन्द्रस्थित सोही भवनमा भएको दोस्रो आक्रमण हो।

यसअघि गत नोभेम्बर १९ मा पनि उक्त भवनलाई लक्षित गरी आक्रमण भएको थियो। त्यसबेला भवनमा भौतिक क्षति पुगे पनि कुनै मानवीय क्षति भएको थिएन।

आक्रमणको निशानामा परेको भवन साउदी अरबको सार्वजनिक लगानी कोष (पब्लिक इन्भेस्टमेन्ट फन्ड–पीआईएफ) को मुख्यालय रहेको अग्लो टावर हो।

आक्रमणमा घाइते भएका नेपालीको नाम, ठेगाना, कार्यरत कम्पनी र स्वास्थ्य अवस्थाबारे भने साउदी अधिकारीले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सुरई रेञ्जको जंगलमा मृत भेटिएका हुन् । घरबाट निस्किएका दमाईबारे परिवारले शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट फोन आएपछि उनी भारतको जंगलमा मृत भेटिएको खबर परिवारले ...
: न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्स (एनजेडएनसीसी) ले अकल्यान्डमा आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ। ‘क्लाइम्बिङ न्यु हाइट्स’ अर्थात् ‘नयाँ उचाइतर्फको यात्रा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाल र न्युजिल्यान्डबीच सरकारी तह (जीटुजी) तथा निजी क्षेत्र (बीटुबी) मार्फत सहकार्यका सम्भावना अघि बढाउने विषयमा छलफल गरिएको छ। अकल्यान्ड सिटीस्थित अकल्यान्ड बिजनेस चेम्बरमा आयोजित कार्यक्रममा दुई देशबीच आर्थिक ...
। बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लोकप्रिय गन्तव्यहरूमध्ये एक मानिन्छ । तर, सरकारको कठोर अध्यागमन नीतिका कारण अहिले यहाँ आउने विदेशी विद्यार्थी क्रमशः घट्न थालेको तथ्यांकले देखाएका छन् । बेलायत पढ्न आउने नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा ठूलो गिरावट आएको छ । बेलायती गृह मन्त्रालय (होम अफिस) का अनुसार, यस वर्ष अक्टोबर २०२६ अन्त्यसम्म अध्ययन भिजा मुख्य आवेदक संख्या ...
। लन्डनमा शनिबार सम्पन्न प्रतिष्ठित ‘लर्ड मेयर शो’ परेडमा गोर्खाली विरासत र नेपाली कला, संस्कृति तथा परम्पराको विशेष प्रदर्शनी गरिएको छ। लन्डन सिटीका नयाँ लर्ड मेयरको नियुक्तिको अवसरमा आयोजित ऐतिहासिक परेडमा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायले गोर्खाली इतिहास, वीरता र नेपालको सांस्कृतिक विविधता झल्काउने प्रस्तुति गरेको हो। करिब सात हजार जना सहभागी उक्त परेडको करिब तीन माइल ...
— बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम