मुख्य समाचार
यूएईको सॅघीय कानून अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई ब्याजमा ऋण दिनु गैरकानुनी
यूएईको सॅघीय कानून अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई ब्याजमा ऋण दिनु गैरकानुनी

: संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यक्तिगत रूपमा अर्को व्यक्तिलाई ब्याजमा पैसा ऋण दिने कार्यलाई गैर कानूनी मानिन्छ ।

यस्तो कारोबारमा संलग्न व्यक्तिलाई आपराधिक कसुरमा कम्तीमा एक वर्ष कैद र ५० हजार दिराम जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यूएईको सॅघीय कानून अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई ब्याजमा ऋण दिनु गैरकानुनी हो।

कानुनले प्रत्यक्ष ब्याज मात्र नभई ऋण दिएको रकमभन्दा बढी रकम अन्य नाममा असुल गर्ने कार्यलाई समेत गैर कानूनी मानिन्छ । कानून अनुसार नियमित रूपमा ब्याजमा पैसा लगाउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र कम्तीमा एक लाख दिराम जरिवाना हुन सक्ने व्यवस्था छ।

यूएईमा नेपालीसहित विभिन्न २०० भन्दा बढी मुलुकका लाखौँ विदेशी नागरिक बसोबास गर्छन्। आपसी चिनजान, साथीभाइ र समुदायभित्र आर्थिक आवश्यकताका आधारमा पैसा सापटी दिने प्रचलन छ। कतिपयले निश्चित प्रतिशत ब्याज तोकेर पैसा लगानी गर्ने तथा मासिक आम्दानी लिने गरेको पनि पाइन्छ।

धेरै ब्याजको लोभमा पैसा ऋण लगाउॅदा कतिपय ब्यक्तिहरु पैसा लिएर संपर्कबिहिन हुनेगरेका घट्नाहरु समेत घट्ने गरेको पाईन्छ । सापटी दिन पाइन्छ, ब्याज लिन पाइँदैन यूएईमा व्यक्तिगत रूपमा ब्याजबिना पैसा सापटी दिन भने पाइन्छ। आफन्त, साथीभाइ वा चिनजानका व्यक्तिलाई निश्चित समयपछि साँवा रकम फिर्ता गर्ने सर्तमा सापटी दिन सकिन्छ।

यस्तो कारोबारमा रकम, फिर्ता गर्ने समय र सर्त उल्लेख गरी लिखित सम्झौता गर्नु उपयुक्त हुन्छ। बैंक तथा सम्बन्धित निकायबाट इजाजतप्राप्त वित्तीय संस्थाले भने कानुनी व्यवस्थाअनुसार ब्याजमा ऋण प्रवाह गर्न पाउँछन्।

यूएईमा बसोबास गर्ने नेपालीहरूले व्यक्तिगत आर्थिक कारोबार गर्दा यहाँको कानुनबारे जानकारी राख्नुपर्ने देखिन्छ। नेपालमा सामान्य मानिने आर्थिक लेनदेनसमेत यूएईमा कानुनी जोखिमको विषय बन्न सक्ने भएकाले ब्याजमा पैसा लगानी गर्न हॅुदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् । डिसेम्बर १६ बंगलादेशमा विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो । समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार मंगलबार स्वदेश फर्किने मिति ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। उद्धार कार्यमा एम्बुलेन्स सेवा, नागरिक सुरक्षा विभाग (सिभिल डिफेन्स) लगायत सम्बन्धित निकायका टोली खटिएका थिए। दुर्घटनाको कारण ...
। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन् । यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ । जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै ...
। बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग ...
। अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेटिक सांसद जिमी गोमेजले यौन दुर्व्यवहारको विश्वसनीय प्रमाण भेटिएपछि कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेका छन्। अमेरिकी समाचार संस्था सीबीएस न्युजका अनुसार अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको आचारसंहिता समितिले सोमबार छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि उनले पद छोड्ने निर्णय गरेका हुन्। आचारसंहिता समितिको प्रतिवेदनमा गोमेजले आफू र कर्मचारीबीचको शक्तिको असन्तुलनलाई बेवास्ता गर्दै संसद्की एक महिला कर्मचारीमाथि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम