मुख्य समाचार
काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही
काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही

। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो ।




अनुगमनका क्रममा ठूला आवाजमा सङ्गित बजाएर सञ्चालन गरिएका रेस्टुरेण्ट तथा बार, विना दर्ता सञ्चालित स्पा, अन्त:शुल्क दर्ताबिना मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटकलाई ठगी गर्ने डान्सबार सञ्चालक गरी २२ जनालाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले जानकारी दिए ।

गत शुक्रबार गरिएको अनुगमनका क्रममा पहिचान गरिएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई पत्राचार गरी जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो । प्रशासनले उनीहरूलाई आगामी एक साताभित्र नियमअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न तथा आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।


बिना दर्ता सञ्चालन भइरहेका स्पा तथा बारलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले जानकारी दिए ।

ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्मा नेतृत्वले तयार गरी जिल्ला सुरक्षा समिति काठमाडौंबाट स्वीकृत भएको ठमेललाई २४ सैं घण्टा सञ्चालन सम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० लाई कार्यान्वयन गर्दै लैजाने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमनलाई तीव्रता दिएको हो ।

अन्त:शुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा सामान जफत गरी एक साताभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिइएको छ ।

सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिमध्ये केहीलाई सम्झाइबुझाइ गरी छाडिएको र केहीलाई भने प्रहरी भ्यानमा राखेर नियन्त्रणमा लिइएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।

ठमेलभित्र रातको समयमा ठूला आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । अनुगमनका क्रममा सडक पेटीमा चिया तथा चुरोट बिक्री गर्ने नाममा अनैतिक गतिविधि सञ्चालन गर्नेलाई हटाइएको नगर प्रहरीले जनाएको छ ।

डान्सबार तथा अन्य मनोरञ्जन व्यवसायका नाममा विशेषगरी भारतीय पर्यटक तथा पाहुनालाई ठगी गर्ने र कुटपिटमा सङ्लग्न व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको महासचिव कँडेलले बताए ।

अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकम फिर्ता गराइएको छ । व्यवसाय सञ्चालनका नाममा पर्यटकलाई अनावश्यक रूपमा अत्यधिक रकम असुल्ने प्रवृत्तिमाथि प्रशासनले निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। २६ कात्तिकका दिन मकवानपुर भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान वा एकाग्रतामा आएको कमीका कारण भएको निष्कर्ष छानबिन प्रतिवेदनले निकालेको देखाएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी सडकबाट ५ सयदेखि ७ सय ...
: प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका छलफल तथा समझदारीहरूले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। भ्रमण दलमा बिजनेस डेलिगेसनको सदस्यका रूपमा सहभागी होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल ...
। काभ्रेपलाञ्चोक धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरे । सम्झौता अनुसार धुलिखेल नगरपालिका–७ टुँडिखेलस्थित करिब १० रोपनी क्षेत्रफलमा साझेदारी प्रारूपको पार्क निर्माण हुनेछ ...
: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताएका छन्। इजरायली राजदूतावासद्वारा मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रममा मन्त्री पुनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत अनुसन्धानमा लगानी गरेकै कारण मरुभूमि मुलुक इजरायल प्रविधि र कृषिमा विश्वकै अग्रणी बनेको उल्लेख गरे। विगत १५ वर्षदेखि ...
: भगवान् श्रीरामको जन्मस्थल भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट माता जानकीको जन्मस्थल जनकपुरधामसम्म करिब ६ सय ४० किलोमिटरको दूरी तय गर्दै ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार नेपाल आइपुगेको छ। रामायणकालीन त्रेतायुगको सम्बन्धलाई अझ सशक्त र बलियो बनाउने विश्वासका साथ सञ्चालनमा ल्याइएको दुई देशबीचको अन्तरदेशीय रेललाई स्वागत गर्न जनकपुरधाम रेल्वे स्टेसन ‘जय श्रीसीताराम’को नाराले गुञ्जायमान भएको थियो। धोती, कुर्ता र गम्छामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम