मुख्य समाचार
गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु
गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु

: गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ ।

बीबीसी उर्दूका अनुसार हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले गाजा सहरको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा अबु नहल मारिएको पुष्टि गरेको छ । ५० वर्षीय नहललाई यसै वर्षको सेप्टेम्बरमा आन्तरिक सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो । उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष बलले कारबाहीका क्रममा पक्राउ गरेपछि नहललाई उक्त पदमा नियुक्त गरिएको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले पनि सैन्य अभियानका क्रममा नहल मारिएको पुष्टि गरेका छन् ।

यसअघि मंगलबार गाजामा भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा थप ६ जनाको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्मी तथा चिकित्सा अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार गाजा सहरको दक्षिणमा रहेको वादी गाजा क्षेत्रमा भएको आक्रमणमा एक युवकसहित तीन जनाको मृत्यु भएको थियो । त्यस्तै, खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रस्थित प्रहरी चौकीमा भएको अर्को आक्रमणमा दुई प्रहरी अधिकारीसहित तीन जनाले ज्यान गुमाएका छन् ।

हमासको आन्तरिक मन्त्रालयअन्तर्गत रहेको गाजा प्रहरीले प्रहरी चौकीमा भएको आक्रमणको निन्दा गरेको छ । प्रहरी संयन्त्रलाई निशाना बनाएर क्षेत्रमा अराजकता फैलाउने उद्देश्यले इजरायलले आक्रमण गरेको गाजा प्रहरीको आरोप छ ।

यता, इजरायली सेनाले भने उक्त क्षेत्रमा रहेका ‘आतङ्ककारी’लाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई ...
: इजरायलका न्यायाधीशहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध लगाइएका भ्रष्टाचारसम्बन्धी सबैभन्दा गम्भीर आरोपमध्ये अधिकांश फिर्ता लिन अभियोजन पक्षलाई सुझाव दिएका छन् । बिबिसिका अनुसार तीनवटा भ्रष्टाचार मुद्दाको सामना गरिरहेका नेतन्याहूलाई यस निर्णयले राजनीतिक रूपमा राहत दिन सक्ने देखिएको छ । न्यायाधीशहरूले पहिलो मुद्दामा दोषी ठहर हुने सम्भावना निकै कम रहेको भन्दै अभियोग पुनर्विचार गर्न महान्यायाधिवक्तालाई सुझाव दिएका हुन् ...
। इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वर्राक नाइबरहुडस्थित रिङरोडमा इन्धन ट्यांकर दुर्घटनापछि आगलागी भएको हो । आगलागीमा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूमध्ये केहीलाई जलेको चोट ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा ...
इरानको सशस्त्र बलका अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा पाँचवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागीमा परेका छन् । ती जहाजहरू होर्मुज स्ट्रेट हुँदै गुज्रिएका थिए । उक्त जलमार्गबाट आवतजावत गर्न चाहने सबै जहाजले इरानी अधिकारीहरूसँग समन्वय गर्नुपर्ने र उनीहरूले तोकेका नियम पालना गर्नुपर्ने अधिकारीहरूले बताएका छन् । यस वर्षको सुरुदेखि अहिलेसम्म उक्त होर्मुजमा १६० भन्दा बढी सैन्य ...