मुख्य समाचार
पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले देशभर विरोध प्रदर्शन
पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले देशभर विरोध प्रदर्शन

: पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले देशभर विरोध प्रदर्शन गरेको छ। पत्रकार महासंघले बुधबार देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड,प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास लगायतकाविरुद्ध पत्रकार महासंघले देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

यसैक्रममा पत्रकार महासंघ काठमाडौं शाखाले बबरमहलस्थित प्रशासन कार्यालय बाहिर ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’भन्ने व्यानरसहित प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अध्यादेश फिर्ता नलिएसम्म,कानुन निर्माणमा हस्तक्षेप कायम रहेसम्म र धरपकड गर्ने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारिन्।

समाचार लेखेका आधारमा प्रहरी हस्तक्षेप हुने,साइबर ब्युरोमा स्रोत खुलाउन दबाब दिने,दैनिक रूपमा पत्रकार पक्राउ गर्ने तथा न्युजरुमभित्र पसेर पक्राउ गर्ने प्रवृत्ति बढेको भन्दै उनले आपत्ति जनाइन् ।

उनले दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै मिडिया काउन्सिलऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन र सरोकारवालासँग छलफल गरी संसद्बाटै कानुन ल्याउन माग गरिन्।

त्यस्तै अध्यक्ष शर्माले लोककल्याणकारी विज्ञापन कटौती गरिएको तथा सर्वोच्च अदालतले खारेज गरेको आदेशसमेत कार्यान्वयनमा नआएको उल्लेख गर्नुभयो । मंसिर २ गतेदेखि ९ गतेसम्म आन्दोलनको कार्यक्रम तय गरेको महासंघले माग पुरा भएको भन्दै आन्दोलनको अर्को कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले बालश्रमलाई न्यूनीकरण गर्ने ...
। रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ । नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास आजदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन् ...
। प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको बताएका छन् । उनले महिला, बालबालिका, ...
। उदयपुरमा चालु आर्थिक वर्ष २०८३/८४ मा प्रहरीले साढे २६ हजार बढी बोट अवैध गाँजाका बोट नष्ट गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरी उक्त परिमाणमा गाँजाका बोट नष्ट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंसिर ९ गते सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका कटारी, बेलका, लिम्चुङबुङ ...
: नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट संशोधित विधान र नयाँ कार्यसमितिको अभिलेख अद्यावधिक भएको छ। निर्वाचन आयोगको बैठकले कांग्रेसको विवरण अद्यावधिक गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले कांग्रेसको विवरण बुधबार अद्यावधिक भएको जानकारी दिए। गत असोजमा भएको कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। कांग्रेसले विधान संशोधन गर्दै विभिन्न पदहरू सिर्जना गरेको थियो। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम