मुख्य समाचार
प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटोले 'मिस युनिभर्स २०२६' को उपाधि जितेकी छिन्
प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटोले 'मिस युनिभर्स २०२६' को उपाधि जितेकी छिन्

: प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटोले 'मिस युनिभर्स २०२६' को उपाधि जितेकी छिन्। नोभेम्बर २५ (बुधबार) प्युरोर्टो रिकोको राजधानी सान जुआनमा आयोजित प्रतियोगिताको ७५औँ फिनालेमा उनलाई विजेता घोषित गरिएको हो।

मिस युनिभर्स २०२५ फातिमा बोशले आफ्नी उत्तराधिकारी ब्यारेटोलाई ताज पहिराइदिइन्। यो जितसँगै जेनिफर मिस युनिभर्सको उपाधि जित्ने इतिहासकै पहिलो विवाहित महिला र आमा बनेकी छिन्। मोडल तथा सामाजिक कार्यकर्तासमेत रहेकी जेनिफर विवाहित हुन् र उनकी एक छोरी छिन्।

सन् २०२३ को संस्करणदेखि मिस युनिभर्स संगठनले नियम परिवर्तन गर्दै विवाहित, सम्बन्धविच्छेद भएका महिला तथा आमाहरूका लागि पनि प्रतियोगिताको ढोका खुला गरेको थियो। यसअघि अविवाहित महिलाहरूले मात्र सहभागिता जनाउन पाउने नियम थियो। प्रतियोगितामा डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज 'फर्स्ट रनर-अप' र भेनेजुएलाकी क्लारा भेगास 'सेकेन्ड रनर-अप' घोषित भए। शीर्ष पाँचमा ब्यारेटोसँगै फिलिपिन्स, न्युजिल्यान्ड, भेनेजुएला र डोमिनिकन रिपब्लिकका सुन्दरीहरू पुगेका थिए।

विश्वका ११० भन्दा बढी देश तथा क्षेत्रका प्रतिस्पर्धी सहभागी यस संस्करणमा सेन्ट मार्टिन र युगान्डाजस्ता देशले पहिलो पटक सहभागिता जनाएका थिए। उता, भारतको प्रतिनिधित्व गरेकी केरलाकी १९ वर्षीया काजिया लिज मेजो शीर्ष-३० मा स्थान बनाउन सफल भए पनि शीर्ष-१२ मा पुग्नबाट भने चुकिन्।

जेनिफरको जितसँगै प्युरोर्टो रिकोले छैटौँ पटक मिस युनिभर्सको ताज हात पारेको छ। यसअघि प्युरोर्टो रिकोका तर्फबाट सन् १९७० मा मारिसोल मलारेट, १९८५ मा डेबोरा कार्थी-ड्यू, १९९३ मा दयानारा टोरेस, २००१ मा डेनिस क्विनोनेस र २००६ मा जुलेका रिभेराले यो उपाधि जितेका थिए।

यस वर्ष विजेतालाई पहिराइएको नयाँ ताजको नाम ‘द रेडियन्स अफ एन इटरनल लिगेसी’ राखिएको छ। डिजाइनर जर्ज विटल्स र मेसन डी’ओरको सहकार्यमा तयार पारिएको उक्त ताजमा १८ क्यारेट सेतो सुनमा ३ हजार १ सय ५० वटा हीरा जडान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीको जनसमर्थनमा उल्लेखनीय गिरावट आएको छ। पछिल्लो राष्ट्रिय जनमत सर्वेक्षणले सरकारको कार्यसम्पादनप्रति मतदाताको असन्तुष्टि तीव्र रूपमा बढ्दै गएको देखाएको छ भने प्रधानमन्त्रीको रोजाइमा विपक्षी लिबरल पार्टीका नेता एङ्गस टेलर अल्बानिजीभन्दा अगाडि देखिएका छन्। द अस्ट्रेलियनमा प्रकाशित सर्वेक्षणअनुसार प्रधानमन्त्री अल्बानिजीको कामप्रति ६४ प्रतिशत मतदाताले असन्तुष्टि जनाएका छन्। केवल ३३ प्रतिशतले मात्र उनको कार्यसम्पादनप्रति ...
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने बताएका छन् । जेलेन्स्कीले आफ्ना उच्च क्षेत्रीय अधिकारीहरूसँगको छलफलमा युक्रेनलाई आगामी वर्ष ११५ अर्ब युरो (करिब १२५ अर्ब ४५ करोड अमेरिकी डलर) बराबरको वैदेशिक आर्थिक सहयोग चाहिने ...
: गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ । बीबीसी उर्दूका अनुसार हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले गाजा सहरको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा अबु नहल मारिएको पुष्टि गरेको छ । ५० वर्षीय नहललाई यसै वर्षको सेप्टेम्बरमा आन्तरिक सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो । उनका पूर्ववर्तीलाई इजरायली सेनाको ...
: संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यक्तिगत रूपमा अर्को व्यक्तिलाई ब्याजमा पैसा ऋण दिने कार्यलाई गैर कानूनी मानिन्छ । यस्तो कारोबारमा संलग्न व्यक्तिलाई आपराधिक कसुरमा कम्तीमा एक वर्ष कैद र ५० हजार दिराम जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यूएईको सॅघीय कानून अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई ब्याजमा ऋण दिनु गैरकानुनी हो। कानुनले प्रत्यक्ष ब्याज मात्र नभई ...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् । डिसेम्बर १६ बंगलादेशमा विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो । समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार मंगलबार स्वदेश फर्किने मिति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम