मुख्य समाचार
मन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताए
मन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताए

। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कानून बनाउन खोजिएको बताएका हुन् ।

उनले बालबालिकालाई विद्यालयबाट निकालेर काममा लगाउने उद्देश्य नरहेको र विद्यालयमै टिकाउनुपर्नेमा जोड दिए । तर गरिबी, पारिवारिक अवस्था वा अभिभावकविहीनताका कारण बालबालिकाको हेरचाह र संरक्षणमा देशले खेल्न सक्ने भूमिकाको यथार्थ पनि विचार गर्नुपर्ने उनको भनाइ छ ।

उनले देशको अवस्थाअनुसार वैज्ञानिक आधारमा १३ वर्षसम्म बालश्रम रोक्नुपर्ने र १३ देखि १५ वर्षसम्मका बालबालिकालाई घरमा आमाबुवालाई सघाउनेजस्ता सामान्य काममा मात्रै संलग्न गराउने प्रस्ताव गरिएको जानकारी दिए ।


त्यस्तै १५ देखि १८ वर्षका बालबालिकाका लागि वर्ग छुट्याएर अनुसूचीमा व्यवस्था गरिएको उनले बताए । प्रस्तुत विधेयकमा निषेध, नियमन, उद्धार, पुन:स्थापना र पुन:एकीकरणलाई एउटै फ्रेममा समेटेर प्रस्ताव गरिएको मन्त्री यादवले बताए ।

मन्त्री यादवले विगतमा सहयोग वा पढाइका लागि बालबालिका राख्ने चलन भए पनि अहिले कानुनी कारबाही वा पक्राउ पर्ने डरले असल नियतले हेरचाह गर्न पनि हिचकिचाउने अवस्था देखिएको भन्दै त्यस्ता विषयलाई स्पष्ट र व्यवस्थित गर्न नियमन आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनुषामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलको छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले ...
: नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास उद्योगलाई पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज,नियमित र प्रभावकारी बनाउन उद्योगलाई विभिन्न निर्देशन दिएको हो । निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको ...
। रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ । नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास आजदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन् ...
: पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले देशभर विरोध प्रदर्शन गरेको छ। पत्रकार महासंघले बुधबार देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड,प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास लगायतकाविरुद्ध पत्रकार महासंघले देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो । यसैक्रममा पत्रकार ...
। प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको बताएका छन् । उनले महिला, बालबालिका, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम