मुख्य समाचार
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी

। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए।




तर कोशीले खेलको अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै बराबरी गर्‍यो। कोशीका मिलन राईले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने ७८औँ मिनेटमा पदम भट्टराईले अर्को गोल थपे।

दोस्रो हाफमा दुवै टोलीले गोलका थप अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। खेलमा कोशीका पदम भट्टराई र सविन घिमिरे तथा बागमतीका सञ्जीव अर्यालले पहेँलो कार्ड पाए।


प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन्। बिहान ९ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २:३० बजे सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेश प्रदेश भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले बिजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३ औं मिनेटमा जर्सी नं २१ ...
: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फ बुधबार चारवटा खेल सम्पन्न भएका छन् । बुधबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेश,सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा मधेश प्रदेश र बागमती प्रदेशबीच खेल भएका हुन् । कर्णाली प्रदेशमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलमा बुधबार भएका खेलमा सुदूरपश्चिम ...
: भुटानमा आयोजना हुने गेलेफु टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ‘ए’ टोलीको घोषणा भएको छ। सन्तोष यादवको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय टोलीको घोषणा गरेको हो। सन्तोषले पहिलो पटक नेपाल ‘ए’टिमको कप्तानी गर्न लागेका हुन्। डिसेम्बर ४ देखि १३ सम्म आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालले ‘ए’ टोली पठाउन लागेको ...
। किलियन एमबाप्पेको दुई गोल मदतमा रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार पीएसभी आइन्डहोभनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा सुरुवातमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै पाँच गोल गरेको हो । च्याम्पियन्स लिगमा रियलले शतप्रतिशत जित यात्रालाई कायम राख्दै लगातार ५ खेल जितेको छ । इभान पेरिसिचले ३२औं मिनेटमा पेनाल्टीमा ...
। सेनेगललाई सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) को विजेता पुनः घोषणा गरिएको छ। खेलकुदसम्बन्धी सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले अफ्रिकी फुटबल महासंघ (काफ) को अघिल्लो निर्णय उल्टाउँदै सेनेगललाई उपाधि फिर्ता दिएको हो। यसअघि काफको पुनरावेदन समितिले जनवरीमा भएको फाइनलको नतिजा उल्टाउँदै मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम