मुख्य समाचार
सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने
सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने

। सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ ।

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिव्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य बाढीबाट जोखिममा रहेका समुदाय, उनीहरुको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले जानकारी दिए ।

परियोजनाले चार वटा हिमतालको सतह घटाउने लक्ष्य राखेको छ । सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो बरुण तथा मनाङको ठुलागी हिमतालको सतह घटाउने परियोजनाको लक्ष्य रहेको बरालले बताए ।


‘यो हिमालयन क्रायोस्फियर अत्यधिक र्‍यापिड्ली चेञ्ज भइरहेको छ । यसले हामीलाई च्यालेञ्जहरू थपेको छ । हरेक वर्ष हाम्रो हिमालयको ग्लेसियर लेक्स भनौँ या स्नो एभलान्चेज भनौं हिउँपहिरोहरूको घटनाहरूमा वृद्धि भइरहेको छ, त्यसैले हामीले रेस्पोन्स पनि अब ढिला गतिमा गरेर हुँदैन । यो रेस्पोन्स पनि अति चाँडो गतिमा गर्नुपर्ने हुन्छ । किनभने २००० मा एउटा हिमतालको जोखिम न्यूनीकरण गर्ने, १६ वर्ष पछाडि अर्को गर्ने, अनि ३० वर्ष पछाडि अर्को गरेर चाहीँ हुँदैन,’ उनले भने ।

उनका अनुसार परियोजनाले हिमतालको पानीको सतह घटाउने, निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्ने र तल्लो तटीय क्षेत्रमा संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछ । प्रारम्भिक डिजाइनअनुसार होङ्गु–२ को पानीको सतह एक मिटर र बाँकी तीन हिमतालको तीन–तीन मिटर घटाउने उनले बताए ।
पछिल्लो समय हिमालयको क्रायोस्फियर तिब्र गतिमा परिवर्तन भइरहेकोले हिमताल विस्फोट तथा हिउँपहिरोजस्ता विपद्को जोखिम बढाएको उनले बताए ।

‘हामीले ओभरल हिन्दुकुश हिमालयमा नै मात्रै कुरा गर्दापनि प्रत्येक वर्ष ग्लेसियर्सहरू घट्दै गइरहेको छ । अघिल्लो दशकभन्दा २०११ देखि २०२० को दशकमा ६५ प्रतिशत फास्टर रेटमा यो रिट्रिट भइरहेको विभिन्न अध्ययनहरूले देखाएको छ । नेपालको हामीले ठुलागी लेकलाई मात्रै हेर्ने हो भने पनि ३० मिटर्स पर इयरको दरले ग्लेसियर रिट्रिट भइरहेको छ,’ उनले भने ।

उनका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको छ । मनाङको ठुलागी हिमनदी मात्रै प्रतिवर्ष करिव ३० मिटर पछाडि हटिरहेको उनको भनाइ छ ।

सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक प्रश्तुत गर्दै उहाँले हिमनदीको पछाडि हट्ने क्रम र हिमतालको विस्तारले थप जोखिम बढाएको बताए ।

पछिल्ला छ दशकमा नेपाल र आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन् । नेपालभित्र करिब १५ वटा, तिब्बततर्फ ११ वटा र अन्य क्षेत्रमा समेत यस्ता घटना भएको उनले जानकारी दिए ।

सन् २०१६ को भोटेकोशी हिमताल विस्फोटको उदाहरण दिँदै उनले करिब ०.०१७ वर्ग किलोमिटर क्षेत्रफलको हिमताल विस्फोट हुँदा करिब ११२ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख गरे ।

उहाँका अनुसार सन् २०२० मा यूएनडीपी र इसिमोडले गरेको अध्ययनले नेपालमा क्षति पुर्‍याउन सक्ने ४७ वटा उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये २१ वटा नेपालतर्फ, २५ वटा चीनको तिब्बततर्फ र एउटा भारततर्फ रहेका छन् । तीमध्ये ४२ वटा कोशी बेसिनमा केन्द्रित छन् भने नौवटा दूधकोशी बेसिनमा छन् । ठूलो आकारका हिमताल विस्फोट भएमा त्यसले निम्त्याउन सक्ने क्षति सोचेभन्दा भयानक हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी ...
: प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण,दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरेका हुन्। उनले महिला,बालबालिका,लैङ्गिक तथा यौनिक ...
। सिरहामा स्कर्पियोको ठक्करबाट एक जना साइकलयात्रीको मृन्यु भएको छ । गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोलबजार हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल फरार स्कर्पियो र चालकको खोजी गरिरहेको जनाएको छ ।
: सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले मन्त्री पद निश्चित अवधिको जिम्मेवारी मात्र भएको उल्लेख गर्दै त्यसपछि पनि सञ्चार तथा पत्रकारिता क्षेत्रमा योगदान पुराउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकको ...
: सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले मन्त्री पद निश्चित अवधिको जिम्मेवारी मात्र भएको उल्लेख गर्दै त्यसपछि पनि सञ्चार तथा पत्रकारिता क्षेत्रमा योगदान पुराउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम