मुख्य समाचार
जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते
जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते

: नवलपुरको मध्यविन्दु नगरपालिका-११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेको प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।

कावासोती नगरपालिका-१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो जिप र लु २ त २४१७ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते अस्विन चौधरी र निर्मल चौधरीलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल भरतपुर रिफर गरिएको छ ।

अन्य घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । घाइते हुनेमा विनयी त्रिवेणी गाउँपालिका-४ का मिलन चौधरी, प्रिन्स विक, रविन चौधरी, रिजन चौधरी, गुलसन थापा, विशाल शर्मा, श्याम चौधरी, युवराज चौधरी र सुमेन्द्र चौधरी तथा मध्यविन्दु नगरपालिका-१० का आदेश आले रहेका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ (तरबारबाजी) खेल समावेश नगरिएकोप्रति नेपाल फेन्सिङ संघले आपत्ति जनाएको छ। संघले लामो समयदेखि राष्ट्रिय खेलकुदको हिस्सा रहँदै आएको खेललाई अन्तिम समयमा सम्बन्धित संघसँग परामर्श नगरी हटाइएको भन्दै दुःख व्यक्त गरेको हो। कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदमा फेन्सिङलाई समावेश नगरिएको संघले जनाएको छ। ओलम्पिक ...
: काठमाडौंको नरदेवीमा मनाइने ऐतिहासिक श्री ङ्यतभुलु अजिमा (नरदेवी) को १२ वर्षे जात्रा सुरु भएको छ। नेवार समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो जात्रामा विभिन्न देवीदेवताको मुकुन्डो धारण गरेका देवगणले परम्परागत देवी नाच प्रस्तुत गरिरहेका छन्। मल्लकालदेखि चल्दै आएको विश्वास गरिने यस जात्रामा नरदेवी, कुमारी, भैरव, गणेश, महालक्ष्मीलगायत देवीदेवताको नाच प्रदर्शन गरिन्छ। १२ वर्षे ...
। लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा (कानुन शाखा) ले सूचना प्रकाशित गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारणसहित उपस्थित हुन निर्देशन दिएको ...
: वर्षौंदेखि चर्चामा रहँदै आएको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आर्थिक स्रोतको अभाव हुन नदिने भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले बताएका छन्। उनले आयोजना निर्माणका लागि आवश्यक बजेट सरकारले व्यवस्था गर्ने दाबी गरेका छन्। बुधबार बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लम्सालले बूढीगण्डकी राष्ट्रिय ...
। काभ्रेपलाञ्चोकको बनेपा तथा आसपासका क्षेत्रमा सर्वसाधारणलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाइ सुनका गरगहना, मोबाइल तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गिरोह नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार विभिन्न मितिमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भई फरार रहेका चार जनालाई पक्राउ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम