मुख्य समाचार
इजरायलका न्यायाधीशहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध लगाइएका भ्रष्टाचारसम्बन्धी सबैभन्दा गम्भीर आरोपमध्ये अधिकांश फिर्ता लिन अभियोजन पक्षलाई सुझाव
इजरायलका न्यायाधीशहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध लगाइएका भ्रष्टाचारसम्बन्धी सबैभन्दा गम्भीर आरोपमध्ये अधिकांश फिर्ता लिन अभियोजन पक्षलाई सुझाव

: इजरायलका न्यायाधीशहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध लगाइएका भ्रष्टाचारसम्बन्धी सबैभन्दा गम्भीर आरोपमध्ये अधिकांश फिर्ता लिन अभियोजन पक्षलाई सुझाव दिएका छन् ।

बिबिसिका अनुसार तीनवटा भ्रष्टाचार मुद्दाको सामना गरिरहेका नेतन्याहूलाई यस निर्णयले राजनीतिक रूपमा राहत दिन सक्ने देखिएको छ । न्यायाधीशहरूले पहिलो मुद्दामा दोषी ठहर हुने सम्भावना निकै कम रहेको भन्दै अभियोग पुनर्विचार गर्न महान्यायाधिवक्तालाई सुझाव दिएका हुन् ।

त्यस्तै, दोस्रो मुद्दामा नेतन्याहूका गतिविधि आपराधिक कसुरको दायरामा पर्ने वा नपर्ने विषयमा प्रश्न उठाउँदै तेस्रो मुद्दामा भने अभियोजन सम्झौता (प्लिया बार्गेन) गर्न सुझाव दिएका छन् ।

नेतन्याहूले आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आएका छन् । बुधबार उनले सार्वजनिक सम्बोधनमार्फत आफ्नोविरुद्धका मुद्दा तत्काल अन्त्य गर्न माग गरेका छन् । उनले यी मुद्दाका कारण आफू र आफ्नो परिवारले १० वर्षदेखि पीडा भोग्नुपरेको बताएका छन् ।

नेतन्याहूविरुद्ध सन् २०१९ मा पहिलोपटक भ्रष्टाचारको अभियोग लागेको थियो । उनीमाथि सञ्चारमाध्यमबाट सकारात्मक समाचार प्रकाशन गराउन सरकारी सुविधा र निर्णयमा प्रभाव पारेको आरोपसमेत छ ।

न्यायाधीशहरूले बुधबार महान्यायाधिवक्ता गाली बहराभ–मियारालाई बोलाएर मुद्दाको अवस्थाबारे पुनर्विचार गर्न सुझाव दिएका थिए । महान्यायाधिवक्ताले उक्त सुझावबारे विचार गर्ने बताएकी छन् ।

नेतन्याहूले आफूमाथिका आरोप राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएका छन् । यद्यपि, उनीविरुद्धका मुद्दाहरूको अन्तिम फैसला भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वर्राक नाइबरहुडस्थित रिङरोडमा इन्धन ट्यांकर दुर्घटनापछि आगलागी भएको हो । आगलागीमा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूमध्ये केहीलाई जलेको चोट ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा ...
इरानको सशस्त्र बलका अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा पाँचवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागीमा परेका छन् । ती जहाजहरू होर्मुज स्ट्रेट हुँदै गुज्रिएका थिए । उक्त जलमार्गबाट आवतजावत गर्न चाहने सबै जहाजले इरानी अधिकारीहरूसँग समन्वय गर्नुपर्ने र उनीहरूले तोकेका नियम पालना गर्नुपर्ने अधिकारीहरूले बताएका छन् । यस वर्षको सुरुदेखि अहिलेसम्म उक्त होर्मुजमा १६० भन्दा बढी सैन्य ...
। इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीमा बाढी पसेको प्रहरीले बुधबार जनाएको छ । पश्चिम जाभाको बोगोर जिल्लास्थित खुला खानीमा सोमबार भारी वर्षापछि नदीको पानी पस्दा कामदारहरू फसेका हुन् । पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले उद्धार गर्न ...
: प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटोले 'मिस युनिभर्स २०२६' को उपाधि जितेकी छिन्। नोभेम्बर २५ (बुधबार) प्युरोर्टो रिकोको राजधानी सान जुआनमा आयोजित प्रतियोगिताको ७५औँ फिनालेमा उनलाई विजेता घोषित गरिएको हो। मिस युनिभर्स २०२५ फातिमा बोशले आफ्नी उत्तराधिकारी ब्यारेटोलाई ताज पहिराइदिइन्। यो जितसँगै जेनिफर मिस युनिभर्सको उपाधि जित्ने इतिहासकै पहिलो विवाहित महिला र आमा बनेकी छिन्। मोडल तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम