मुख्य समाचार
उपत्यकाको नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा विस्थापित भई होल्डिङ सेन्टरमा रहेका परिवारलाई तीन दिनभित्र स्थान खाली गर्न अल्टिमेटम
उपत्यकाको नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा विस्थापित भई होल्डिङ सेन्टरमा रहेका परिवारलाई तीन दिनभित्र स्थान खाली गर्न अल्टिमेटम

: उपत्यकाको नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा विस्थापित भई होल्डिङ सेन्टरमा रहेका परिवारलाई तीन दिनभित्र स्थान खाली गर्न अल्टिमेटम दिइएको छ।

कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा आश्रय लिइरहेका विस्थापितहरूलाई तीन दिनभित्र होल्डिङ सेन्टर खाली गर्न बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अल्टिमेटम दिएको हो।प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्न आदेश दिएका छन्। भूमि समस्या समाधान समिति काठमाडौंको पत्रानुसार सूचना जारी गरिएको उनले बताए।

बोडेस्थित होल्डिङ सेन्टरमा हाल १९ परिवार रहेका छन्। प्रजिअ खड्काले जनाएअनुसार तीमध्ये ७ परिवारको घरमूली वा तीनका परिवारका सदस्यहरूको नाममा जग्गा भेटिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार ७ परिवारको जग्गा रहेको देखिएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार भूमिहीन नठहरिने सूचनामा उल्लेख छ।

जग्गा नदेखिएका १२ परिवारको हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनको लागि कारबाही अगाडि बढी निस्सासमेत प्राप्त भएको प्रजिअ खड्काले उल्लेख गरेका छन्। जग्गा नदेखिएका परिवारहरूको हकमा नेपाल सरकारले घरभाडास्वरूप तोकिदिएको एक महिनाको सुविधासमेत बुझेर होल्डिङ सेन्टर खाली गराइने उनले बताए।

मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टरमा १९ परिवारका ५९ जना बसोबास गरिरहेका छन्। जसमा १७ जना बालबालिका पनि रहेका छन्। गत वैशाख १२ गते सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा काठमाडौंस्थित थापाथली, मनोहरा, सिनामंगललगायत) बाट विस्थापित परिवार बोडे सेन्टरमा बस्दै आएका छन्। त्यसैगरी चाँगुनारायणको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा ३२ परिवारको ७८ जना विस्थापित बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन् । निधिले महाधिवेशन संयोजकको जिम्मेवारी पाएका डा .शशांक कोइरालालाई भेटेर सभापतिमा आफूलाई सघाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । बुधबार देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुकलगायतको बैठकअघि कोइराला र निधिबीच भेटवार्ता भएको थियो । स्रोतका अनुसार ...
: नेपाली कांग्रेसको देउवा समूहको कर्णाली प्रदेश अधिवेशन आगामी मंसिर १३ गते उद्घाटन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेश संयोजक रंगमती शाहीले जानकारी दिइन् । उनका अनुसार अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १ हजार २ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशस्तरीय अधिवेशनलाई लक्षित गरी व्यवस्थापन, ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश रत्‍नबहादुर बागचन्दको एकल इजलासले विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । यस्तै, निवेदकहरूले माग गरेको अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गर्न ...
: उच्च जोखिमको सूचीमा रहेका चारवटा हिमतालको पानीको सतह घटाउन ‘सञ्जीवनी’ परियोजना सुरु गरिएको छ। संखुवासभाको लोअर बरुण, सोलुखुम्बुको होंगु–२ र लुम्दिङ तथा मनाङको थुलागी हिमतालको सतह घटाउन लागिएको हो। हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न हरित जलवायु कोष (जीसीएफ) को सहयोगमा सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाको कुल लागत ४ करोड ९९ लाख ...
। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम देशवासीले नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा नेतृत्वको पार्टीलाई मात्रै चिनेको जिकिर गरेका छन् । बुधबार केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले अब छिट्टै गाउँगाउँमा पुग्ने बताए । ‘अब छिट्टै गाउँगाउँमा टोल टोलमा पुगेर कांग्रेस तयार छ भन्ने सन्देश दिन्छौं । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम