मुख्य समाचार
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन

— कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता कार्यसम्पादन समिति र विषयगत उपसमितिहरूको समीक्षा बैठकमा मुख्यमन्त्री शाहीले तयारी, व्यवस्थापन र कार्यसम्पादनमा देखिएका कमजोरी तथा समन्वय अभाव हटाएर अघि बढ्न निर्देशन दिएका हुन्।

प्रतियोगिताको तयारीमा समन्वय अभाव र जिम्मेवारी पूरा गर्ने सवालमा कमजोरी देखिएको भन्दै उनले सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

‘यति ठूलो प्रतियोगिताको तयारीमा हामीबीच समन्वय अभाव र आ–आफ्नो जिम्मेवारी पूरा गर्ने सवालमा चुक भएको देखिन्छ,’ उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी पूरा गर्ने गरी काम गर्नुस्। एकले अर्कालाई देखाएर पन्छिने छुट कसैलाई छैन।’


माथिल्लो तहमा समन्वय राम्रो भए पनि तल्लो तहसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री शाहीको भनाइ थियो। उनले संघ, प्रदेश र विभिन्न निकायबीच औपचारिक सम्बन्धसँगै रचनात्मक र भावनात्मक सम्बन्धसमेत आवश्यक रहेको बताए।

मुख्यमन्त्री शाहीले प्रदेश खेलकुद परिषद्, सामाजिक विकास मन्त्रालय, खेल संघका प्रतिनिधि, खेलाडी र उपसमितिका संयोजकबीच आपसी समन्वय बलियो बनाउनुपर्नेमा जोड दिए। उनले ट्राफिक व्यवस्थापन, सीसीटीभी क्यामेरा, खेलाडीको बसोबास र सुरक्षालाई प्राथमिकतामा राख्न सुरक्षा संयन्त्रलाई आग्रहसमेत गरे।

सुरुवाती चरणमा कमान्ड र जिम्मेवारी बाँडफाँटमा केही अन्योल देखिए पनि अहिले त्यो हटेको संघीय शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले बताए। उपसमितिहरू आ–आफ्नो जिम्मेवारीअनुसार परिचालित भएको उल्लेख गर्दै उनले बाँकी कमजोरी सुधार्दै अघि बढ्नुपर्ने बताए।

सचिव पौडेलले दुवै उपाध्यक्षको निगरानीमा उपसमितिहरूले काम गर्नुपर्ने र मन्त्रालयले आवश्यक सुपरिवेक्षण तथा सहजीकरण गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन् । निधिले महाधिवेशन संयोजकको जिम्मेवारी पाएका डा .शशांक कोइरालालाई भेटेर सभापतिमा आफूलाई सघाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । बुधबार देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुकलगायतको बैठकअघि कोइराला र निधिबीच भेटवार्ता भएको थियो । स्रोतका अनुसार ...
: नेपाली कांग्रेसको देउवा समूहको कर्णाली प्रदेश अधिवेशन आगामी मंसिर १३ गते उद्घाटन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेश संयोजक रंगमती शाहीले जानकारी दिइन् । उनका अनुसार अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १ हजार २ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशस्तरीय अधिवेशनलाई लक्षित गरी व्यवस्थापन, ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश रत्‍नबहादुर बागचन्दको एकल इजलासले विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । यस्तै, निवेदकहरूले माग गरेको अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गर्न ...
: उपत्यकाको नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा विस्थापित भई होल्डिङ सेन्टरमा रहेका परिवारलाई तीन दिनभित्र स्थान खाली गर्न अल्टिमेटम दिइएको छ। कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा आश्रय लिइरहेका विस्थापितहरूलाई तीन दिनभित्र होल्डिङ सेन्टर खाली गर्न बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अल्टिमेटम दिएको हो।प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेभित्र ...
: उच्च जोखिमको सूचीमा रहेका चारवटा हिमतालको पानीको सतह घटाउन ‘सञ्जीवनी’ परियोजना सुरु गरिएको छ। संखुवासभाको लोअर बरुण, सोलुखुम्बुको होंगु–२ र लुम्दिङ तथा मनाङको थुलागी हिमतालको सतह घटाउन लागिएको हो। हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न हरित जलवायु कोष (जीसीएफ) को सहयोगमा सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाको कुल लागत ४ करोड ९९ लाख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम