मुख्य समाचार
बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने
बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

। अब स्वास्थ्य बीमाको सेवा लिन भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ ।

स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै स्वास्थ्य बीमामा आबद्ध व्यक्तिलाई भौतिक कार्ड नभएकै कारण बीमाअन्तर्गतको सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।

बोर्डका अनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी देखाएमा स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउन सक्नेछन् ।


त्यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी उक्त व्यक्ति बीमामा आबद्ध भएरनभएको यकिन गर्नुपर्नेछ । त्यसपछि बीमाअन्तर्गत पाउने सेवा प्रवाह गर्न बोर्डले निर्देशन दिएको छ ।

यसभन्दा अगाडि बीमितले भौतिक परिचय देखाएपछि मात्रै अस्पतालले सेवा दिने गरेका थिए ।

बोर्डका प्रवक्ता पवनकुमार शाहले उक्त व्यवस्थाले परिचयपत्र हराएका, घरमै छुटेका वा भौतिक कार्ड साथमा नभएका सेवाग्राहीलाई अस्पतालमा उपचार लिन सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । कलेजको कार्यशैली र अभ्यासविरुद्ध दुई महिनादेखि आन्दोलन गर्दा पनि माग सम्बोधन नभएको भन्दै उनीहरूले पदबाट सामूहिक राजीनामा दिएका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूले असुरक्षित, अपमानजनक र विभेदपूर्ण वातावरणमा तालिमलाई निरन्तरता दिन नसक्ने ...
। गुल्मी जिल्ला भर यस वर्ष जिल्लाभर २ लाख ८१ हजार ६४१ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । अघिल्लो वर्ष जिल्लामा २ लाख ९२ हजार १६५ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । जिल्लालाई खोरेतमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यसहित ...
। कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि तीनवटा ठेक्काको बोलपत्र मूल्याङ्कन गरी निर्माण व्यवसायी छनोटको काम सुरु भएको छ । उत्तरी खण्डअन्तर्गत हिल्सा–सिमकोट सडक ...
। मुगुमा भएको गाडी दुर्घटनाका घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । रारा ताल जाने क्रममा आइतबार मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी ...
। आँखाको ज्योति कमजोर हुँदै गएपछि उपचारका लागि सहर धाउनुपर्ने बाध्यता अब मिक्लाजुङका नागरिकलाई केही हदसम्म हट्ने भएको छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट आँखाको परीक्षणदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको सेवा उपलब्ध गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकामा बृहत् आँखा शिविर सञ्चालन गरिएको हो। वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको नेतृत्वमा संचालन भैरहेको शिविरमा मोतियाबिन्दुको शल्यक्रियासहित विभिन्न आँखासम्बन्धी रोगको परीक्षण तथा उपचार ...