मुख्य समाचार
सरकारले पर्यटन पूर्वाधारको विकास र साहसिक पर्यटनको विस्तारका लागि विद्यमान कानुनमा सुधारको पहल
सरकारले पर्यटन पूर्वाधारको विकास र साहसिक पर्यटनको विस्तारका लागि विद्यमान कानुनमा सुधारको पहल

— सरकारले पर्यटन पूर्वाधारको विकास र साहसिक पर्यटनको विस्तारका लागि विद्यमान कानुनमा सुधारको पहल गरेको छ । हाल प्रयोगमा रहेका पर्यटन र प्राकृतिक स्रोतसँग सम्बन्धित कानुनमा संशोधन गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको अगुवाइमा ७ मन्त्रीबीच छलफल भएको हो ।

कानुन मन्त्रालयमा भएको छलफलमा प्रकृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने र त्यसैमार्फत आर्थिक समृद्धि हासिल गर्नेबारे छलफल भएको हो । मन्त्री गौतमका अनुसार मन्त्री र पर्यटन क्षेत्र हेर्ने राज्यका निकायका पदाधिकारीसँग बैठकमा ती क्षेत्रमा भएका कानुनमा सुधारको विषयमा छलफल भएको हो । 'प्राकृतिक सम्पदा, जैविक विविधता तथा पर्यावरणको संरक्षण सुनिश्चित गर्दै पर्यटन पूर्वाधारको विकास, साहसिक पर्यटनको विस्तार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय रोजगारी सिर्जनाका लागि आवश्यक कानुनी सुधारका विषयमा छलफल केन्द्रित रह्यो,' मन्त्री गौतमले जानकारी दिइन् ।

छलफलमा मन्त्री गौतमसँगै गृहमन्त्री सुधन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह थिए । बैठकमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल लगायत सम्बन्धित निकायका पदाधिकारीहरू सहभागी थिए । 'पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको विकास तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी एवं नीतिगत सुधारका विषयमा महत्वपूर्ण छलफल गर्‍यौँ,' मन्त्री गौतमले भनिन् ।

राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन क्षेत्र तथा जग्गाको उपयोगसँग सम्बन्धित विद्यमान कानुनी एवं प्रक्रियागत जटिलताका कारण पर्यटन पूर्वाधार निर्माण, सञ्चालन तथा विस्तारमा विभिन्न समस्याहरू देखिएकाले ती समस्या समाधान गर्न बैठक आयोजना गरिएको मन्त्री गौतमले जानकारी दिएकी छन् । पर्यटन क्षेत्रमा रहेका कतिपय सम्भावना कानुनी जटिलताकै कारण आर्थिक अवसरमा रूपान्तरण हुन नसकेकाले अब ती जटिलता फुकाउने प्रयास भएको उनले बताइन् । उनले भनिन्, 'अन्तरमन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाउँदै विद्यमान कानुनी व्यवस्थाहरूबीचको असङ्गति, प्रक्रियागत दोहोरोपन र अनावश्यक प्रशासनिक अवरोधहरू हटाउन आवश्यक कानुन संशोधनको तयारीमा जुटेका छौँ । संरक्षणका नाममा विकासका सम्भावनाहरू अवरुद्ध हुनुहुँदैन, विकासका नाममा प्राकृतिक सम्पदाको विनाश पनि हुनुहुँदैन । यी दुईबीच विवेकपूर्ण सन्तुलन कायम गर्नु हाम्रो कानुनी तथा नीतिगत सुधारको मूल उद्देश्य हो ।'

प्रकृतिले नेपाललाई दिएको सम्भावनालाई नेपालीको समृद्धिमा रूपान्तरण गर्ने सरकारको संकल्प रहेको मन्त्री गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो । ‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा ...
— नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट ...
— सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित गम्भीर अपराधबाहेकका मुद्दामा क्षमादान दिन सक्ने अधिकारसहितको आयोग गठन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश सिफारिस गरेको छ । त्यस अध्यादेशमा पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन आयोगले छुट्टै कोष स्थापना गर्ने व्यवस्थासमेत गरिएको छ । सिफारिस अध्यादेशमा जेन–जी आन्दोलनका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण र सम्बन्धित मुद्दाको शीघ्र निरूपणका ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा झरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा सीमित भएको हो । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२.२६ प्रतिशत रहेको थियो । सरकारले आव २०८२/८३ मा विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने ...
— सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् । दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल ...