मुख्य समाचार
कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग
कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग

। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग गरेको छ ।

बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताए ।

‘प्रधानमन्त्रीको भारत भ्रमणबाट के अपेक्षा गरिएको थियो भने लामो समयसम्म छलफलकै क्रममा रहेका र नटुंगिएका विषयहरू टुंगोमा पुग्नेगरी छलफल हुनेछन् र विवादित विषयहरूमा नेपालको दृष्टिकोण प्रधानमन्त्रीज्यूले स्पष्टसँग राख्नुहुनेछ भन्ने आम नेपालीको विश्वास थियो । सबैभन्दा पहिलो कुरा यसमा विश्वासघात भयो । कुनैपनि पुराना वा नयाँ कुरामा स्पष्टसँग धारणा राखेको देखिएन,’ उनले भने ।

उनले दुई देशबीच लामो समयदेखि छलफलकै क्रममा रहेका तथा नटुंगिएका विषयहरू टुंगिनेमा नेपाली जनताको विश्वास रहेको भएपनि त्यसअनुसार दृष्टिकोण राख्न प्रधानमन्त्री सफल भएको नदेखिएको बताए ।


भारतले नेपाललाई सहयोग गर्ने भनि घोषणा गरिएको रकम ऋण हो वा अनुदान भन्ने कुरा समेत सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले प्रधानमन्त्री साहको भारत भ्रमण निजी नभई मुलुकको प्रतिनिधित्व गर्ने भ्रमण भएकाले त्यसका उपलब्धि र समझदारीबारे जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको दोहोर्‍याए ।

‘प्रधानमन्त्रीज्यूले भारतमा गएर के के गर्नुभएको हो ? को कोसँग भेट्नुभएको हो ? के के छलफल भयो ? के के सम्झौता भए ? के के प्रक्रियामा अघि बढेको हो ? सहयोगको घोषणा भएको कुरा ऋण हो कि अनुदान हो ? यी सबै कुराहरू प्रधानमन्त्रीज्यूले नेपाली जनतालाई आधिकारिक रुपमा नेपाली जनतालाई भन्नुपर्‍यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो । ‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा ...
— नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट ...
— सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित गम्भीर अपराधबाहेकका मुद्दामा क्षमादान दिन सक्ने अधिकारसहितको आयोग गठन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश सिफारिस गरेको छ । त्यस अध्यादेशमा पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन आयोगले छुट्टै कोष स्थापना गर्ने व्यवस्थासमेत गरिएको छ । सिफारिस अध्यादेशमा जेन–जी आन्दोलनका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण र सम्बन्धित मुद्दाको शीघ्र निरूपणका ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा झरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा सीमित भएको हो । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२.२६ प्रतिशत रहेको थियो । सरकारले आव २०८२/८३ मा विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने ...
— सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् । दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल ...