मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर

। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने रोयल्सको योजना छ।

ट्रफी टूर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ। बिहान ८:३० बजे बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म बैजनाथ मन्दिरबाट साँफेबगरसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ।

मंसिर १४ गते डोटी र डडेल्धुरामा कार्यक्रम हुनेछ। बिहान ९ बजे शैलेश्वरी मन्दिरमा ट्रफी पुर्‍याइनेछ भने १० बजेदेखि १२ बजेसम्म शैलेश्वरी मन्दिरबाट दिपायल बजारसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्‍याली र साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गरिनेछ।


मंसिर १५ गते बैतडी र दार्चुलामा कार्यक्रम हुनेछ। बिहान ८:३० बजे निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ भने ९:३० देखि ११:३० बजेसम्म गोठलापानीमा र्‍याली हुनेछ। मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८:३० बजे ट्रफी पुर्‍याइनेछ। त्यसपछि ९:३० देखि ११:३० बजेसम्म खलंगा बजारमा र्‍याली हुनेछ।

मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म र्‍याली आयोजना हुनेछ। मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा दिउँसो १२:३० बजे ट्रफी पुर्‍याइने कार्यक्रम छ।

मंसिर १९ गते कैलालीको टीकापुर पार्कमा बिहान ८:३० बजे ट्रफी प्रदर्शन हुनेछ। त्यसपछि बिहान १० बजे चिसापानी, ११:३० बजे लम्की, १२:३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्‍याइनेछ। दिउँसो ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारबाट दोधारा चाँदनी पुलसम्म र्‍याली हुनेछ।

ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म चौराहाबाट महोत्सव मैदानसम्म र्‍याली आयोजना हुनेछ। साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन हुनेछ।

सुदूरपश्चिम रोयल्सले गत शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो । एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो । नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध ...
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा आज देखि सुरु हुँदैछ । महिला क्रिकेट यसअघि नै सुरु भइसकेपनि पुरुष क्रिकेट भने आज बिहीबारदेखि कालुन्चौका क्रिकेट मैदानमा सुरु हुनेछ । जहाँ सुदूरपश्चिम र कर्णाली तथा गण्डकी र नेपाल आर्मी क्लबबीच खेल हुनेछ । १०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते तय भएपनि मंसिर ...
। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर कोशीले खेलको अन्तिम १५ मिनेटमा दुई ...
: १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले बिजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३ औं मिनेटमा जर्सी नं २१ ...
: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फ बुधबार चारवटा खेल सम्पन्न भएका छन् । बुधबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेश,सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा मधेश प्रदेश र बागमती प्रदेशबीच खेल भएका हुन् । कर्णाली प्रदेशमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलमा बुधबार भएका खेलमा सुदूरपश्चिम ...