मुख्य समाचार
त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा जापान सरकारले पुनर्निर्माण गरिदिएको छ
त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा जापान सरकारले पुनर्निर्माण गरिदिएको छ

। त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा जापान सरकारले पुनर्निर्माण गरिदिएको छ । साथै स्मार्टबोर्ड र फर्निचर जडान गरी अन्य शैक्षिक उपकरणहरू समेत जापानले हस्तान्तरण गरेको छ ।

नेपालका लागि जापानका राजदूत मेइदा तोरुले विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार बुढाथोकीलाई उक्त शैक्षिक उपकरण हस्तान्तरण गरेका हुन् ।

सो क्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षामा जापान सरकारले विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको बताए ।

राजदूत तोरुले विश्वभाषा क्याम्पसमा नवनिर्मित कक्षाकोठा र शैक्षिक उपकरणले जापानिज भाषा सिक्ने विद्यार्थीहरूको सिकाइमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।


जापानमा हाल ३ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत रहेको, नेपालीमा जापानी भाषा,संस्कृति प्रतिको चाहाना बढेको र जापानिज भाषाकै कारण नेपालीहरूले विभिन्न अवसरहरू समेत प्राप्त गर्दै आइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहनुभएका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । साथै, उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा ...
। नेपालमा जापानको उन्नत प्रविधि भित्र्याउने, जापानी लगानी विस्तार गर्ने र नेपाली उद्योगको आधुनिकीकरण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ । शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ । छलफल विशेषगरी नेपाली उद्योगको उत्पादन क्षमता ...
। जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म दुई देशको भ्रमण गरी दक्षिणपूर्वी ...
: शनिबार राति जापानमा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कम्तिमा २२ जना घाइते भएका छन्। धेरै पसलका झ्यालहरू फुटेका छन्। शक्तिशाली भूकम्पका कारण मानिसहरू आफ्नो घर र भवनहरूबाट भाग्न बाध्य भएका थिए। जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रिफेक्चरमा जमिनबाट ४० किलोमिटर मुनि थियो भने सबैभन्दा शक्तिशाली भूकम्प आइची प्रिफेक्चरमा महशुस गरिएको ...
: हिमाल आरोहणका क्रममा मृत्यु भएका दुई जना जापानी नागरिकको अन्त्येष्टि गरिएको छ। बौद्ध परम्पराअनुसार आइतबार उनीहरूको अन्त्येष्टि गरिएको हो। उनीहरूको शव मराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको थियो। टोकियोबाट मृतकका आफन्त आएपछि नेपालस्थित जापानी दूतावासको रहोवरमा पोष्टमार्टम भएको थियो। पोष्टमार्टमपश्चात आइतबार स्वयम्भुमा उनीहरूको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा उनीहरूका आफन्त, दूतावासका प्रतिनिधि र ट्रेकिङ एजेन्सीका अधिकारीहरूको उपस्थिति ...