मुख्य समाचार
१० औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित
१० औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित

: सुर्खेतको बीरेन्द्रनगरमा जारी १० औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ हो।

बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनाउन सक्यो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया बराल र सृजना पौडेलले समान १७–१७ रन बनाइन्।

यस्तै सलिना सेनले नौ, सेरिना थापा आठ, कप्तान कुशुम गोदारले सात, सिमाना केसीले पाँच, रञ्जना साउँदले दुई तथा यशोदा भुजेल र रेखा तामाङले एक–एक रन बनाए।

१११ रनको लक्ष्य बागमतीले १७.५ ओभरमा दुई बिकेट गुमाएर भेट्टायो। बागमतीका लागि विपिशा शाहीले नटआउट ५० रनको यागदान दिइन्। ४६ बल खेलेकी उनले छ चौका प्रहार गरिन्। ओपनर हिलिशा गुरुङ २७ र कञ्चन श्रेष्ठले नौ रन बनाए।

उनीहरु दुबै रनआउट भएका थिए। लक्ष्मीमाया रुम्बा लामाले नटआउट १३ रनको योगदान दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहितकुमार पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्। उनले थाइल्यान्डमा आज बिहीबार प्रेमिका खड्कासँग विवाह गरेका हुन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै २४ वर्षीय रोहित र सिम्रनले थाइल्यान्डमा आयोजित एक समारोहबीच लगनगाँठो कसेका हुन्। ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि सहयात्रीसम्म। सधैँभरि सँगै रहने वाचासहित,’ रोहितले सामाजिक सञ्जालमार्फत ...
: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्। ...
: १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशलाई ६७ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। सुर्खेतको विरेन्द्रनगरस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ९ विकेटको क्षतीमा १७७ रन बनाएको थियो। आर्मीले दिएको १७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १७ ओभरमा ११० रन बनाउँदै अलआउट भएको हो। ...
— एलेक्जान्डर इसाकको दुई गोलको मदतले लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुगलाई ३–० ले हराएको छ र प्रतियोगिताको अन्तिम १६ को नजिक पुगेको छ । इसाकले १३ र ८२ औं मिनेटमा एक एक गोल गरे भने फ्लोरिन विर्टजले ७९ औं मिनेटमा अर्को गोल थपे । यो जितपछि लिभरपुलको १२ अंक भएको छ र पाँचौं स्थानमा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र ...