मुख्य समाचार
न्युयोर्क सहरका मेयर जोहरान ममदानीको घरभाडा नबढाउने निर्णयलाई सदर
न्युयोर्क सहरका मेयर जोहरान ममदानीको घरभाडा नबढाउने निर्णयलाई सदर

। अमेरिकाको न्युयोर्क स्टेट सुप्रिम कोर्टले न्युयोर्क सहरका मेयर जोहरान ममदानीको घरभाडा नबढाउने निर्णयलाई सदर गरेको छ। अदालतले सहरका करिब आधा भाडाका आवास इकाइमा लागू हुने उक्त निर्णयविरुद्ध घरधनीहरूको समूहले दायर गरेको निवेदन बुधबार खारेज गरिदिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

सस्तो र सुलभ आवासको प्रतिबद्धतासहित चुनावी अभियान चलाएका मेयर ममदानीले अदालतको फैसलालाई स्वागत गरेका छन्। उनले यसलाई ‘भाडामा बस्नेहरू, सुलभ आवास र कामकाजी न्युयोर्कवासीले आफूले धान्न सक्ने सहरमा बस्न पाउनुपर्छ भन्ने सिद्धान्तको जित’ भएको टिप्पणी गरेका छन्।
सहरका कुल २३ लाख भाडाका इकाइमध्ये १० लाख इकाइ ओगट्ने भाडा नियन्त्रित अपार्टमेन्टहरूको भाडा नबढाउने निर्णय रेन्ट गाइडलाइन्स बोर्डले गरेको थियो। घरधनीहरूले उक्त बोर्डमा ममदानीप्रति वफादार व्यक्तिहरूको प्रभाव रहेकाले निर्णय स्वतन्त्र नभएको तर्क गर्दै उजुरीमा यसलाई देखावटी प्रक्रियाको संज्ञा दिएका थिए।

तर, न्यायाधीश ब्रेन्डन ल्यान्ट्रीले भाडा नबढाउने निर्णय अनुचित वा स्वेच्छाचारी रहेको प्रमाणित गर्न घरधनीहरू असफल भएको ठहर गरे। साथै, आफ्नो एजेन्डासँग सहमत व्यक्तिहरूलाई रेन्ट गाइडलाइन्स बोर्डमा नियुक्त गर्ने पूर्ण अधिकार मेयर ममदानीसँग रहेको फैसलामा उल्लेख छ।


‘निर्वाचनका परिणामहरू हुन्छन्, जुन हाम्रो लोकतन्त्रको मेरुदण्ड हो,’ अदालतको फैसलामा भनिएको छ, ‘स्वघोषित प्रजातान्त्रिक समाजवादी मेयर ममदानी सन् २०२५ को आम निर्वाचनबाट न्युयोर्क सहरको मेयरमा निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि उनले आफ्नो छनोटअनुसार बोर्डका सदस्यहरू नियुक्त गरे, जसको पूर्ण अधिकार उनलाई थियो। बोर्डका सदस्यहरूले उनको राजनीतिक विचार र दर्शनसँग मेल खाने दृष्टिकोण राख्नु कुनै सरोकारको विषय होइन र यसले कुनै किसिमको मिलेमतोलाई सङ्केत गर्दैन।‘

भाडा नबढाउने यो निर्णय सन् २०२६ अक्टोबर १ देखि अर्को वर्षको सेप्टेम्बर ३० सम्म नवीकरण हुने भाडा निश्चित गरिएका अपार्टमेन्टका एकवर्षे र दुईवर्षे भाडा सम्झौतामा लागू हुनेछ।

मेयर ममदानीले अदालतको यो फैसलाले २० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘आवास विलासिता होइन, यो आधारभूत आवश्यकता हो। यस बिदाको सप्ताहान्तमा २० लाखभन्दा बढी न्युयोर्कवासीले अलिकति राहतको सास फेर्न पाउनेछन्।‘

(रोयटर्सको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वका सर्वाधिक धनाढ्य तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले बुधबार अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर उपहार स्वरूप प्रदान गर्ने घोषणा गरेका छन्। गत महिना मात्र उनले गरेका प्रतिबद्धतालाई दोब्बर पार्दै मस्कले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्टमार्फत यस्तो ऐतिहासिक घोषणा गरेका हुन्। मस्कले आफ्नो पोस्टमा भनेका छन्, ‘अमेरिकाका प्रत्येक बालबालिकाले स्पेसएक्सका ...
— अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई ...
: इजरायलका न्यायाधीशहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध लगाइएका भ्रष्टाचारसम्बन्धी सबैभन्दा गम्भीर आरोपमध्ये अधिकांश फिर्ता लिन अभियोजन पक्षलाई सुझाव दिएका छन् । बिबिसिका अनुसार तीनवटा भ्रष्टाचार मुद्दाको सामना गरिरहेका नेतन्याहूलाई यस निर्णयले राजनीतिक रूपमा राहत दिन सक्ने देखिएको छ । न्यायाधीशहरूले पहिलो मुद्दामा दोषी ठहर हुने सम्भावना निकै कम रहेको भन्दै अभियोग पुनर्विचार गर्न महान्यायाधिवक्तालाई सुझाव दिएका हुन् ...
। इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वर्राक नाइबरहुडस्थित रिङरोडमा इन्धन ट्यांकर दुर्घटनापछि आगलागी भएको हो । आगलागीमा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूमध्ये केहीलाई जलेको चोट ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा ...