मुख्य समाचार
बर्दियामा ठूलो परिमाणमा खरबुजाको बीउ बरामद
बर्दियामा ठूलो परिमाणमा खरबुजाको बीउ बरामद

: बर्दियामा ठूलो परिमाणमा खरबुजाको बीउ बरामद गरिएको छ। नेपाल–भारत सीमा नजिकै नेपालतर्फको क्षेत्रबाट छोटी भन्सार कार्यालय गुलरिया, बर्दियाको टोलीले विशेष सूचनाका आधारमा खरबुजाको बीउ नियन्त्रणमा लिएको हो।

गुलरिया नगरपालिका–१०, पर्सिया गाउँमा नेपाल–भारत सीमा क्षेत्रको करिब ५ सय मिटर उत्तर नेपालतर्फ ना ५ प ३४५४ नम्बरको ट्रकमा लोड गरी राखेको अवस्थामा अवैध तरबुजाको बीउ बरामद गरिएको छोटी भन्सार कार्यालय गुलरिया, बर्दियाकी प्रमुख अनिता पौडेलले जानकारी दिइन्। गएराति करिब मध्यरातमा भारततर्फ लैजाने तयारी अवस्थामा बीउ नियन्त्रणमा लिइएको हो।

करिब ४२ लाख मूल्य बराबरको २ हजार ५६० किलोग्राम तरबुजाको बीउ र ट्रक प्रहरीको सहयोगमा नियन्त्रणमा लिई भन्सार कार्यालयमा राखिएको छ। बरामद बीउ विषादी परीक्षणका लागि नेपालगञ्ज पठाइने र विषादी मिसिएको नभए लिलाम गरिने तथा विषादीयुक्त भए नष्ट गरिने प्रमुख पौडेलले प्रस्ट पारिन्।
बरामद सामग्री बिग्रने भएकाले चाँडै कारबाही प्रक्रिया टुङ्ग्याइने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीकर्ताको विश्वास आर्जन गर्न नीतिगत सुधारका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘यूके–नेपाल बिजनेस फोरम’मा मन्त्री साहले अवसरसँगै लगानी आकर्षित गर्न विश्वास, नीतिगत पूर्वानुमानयोग्यता, पारदर्शिता र समयमै निर्णय आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे। उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको ...
। इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतीनगरले चालु आर्थिक वर्षको सामान महिनादेखि ९ मंसिरसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी हुँदै गरेका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ...
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशकै लागि ‘लाइफलाइन‘ भएकाले यसलाई जसरी पनि निर्माण गर्नुपर्ने बताएका छन्। बाराको सिमरामा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रभावित स्थानीय जनतालाई अन्यायमा नपर्ने गरी उचित पुनःस्थापना गरेर विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको भन्दा बढी क्षमतामा सञ्चालन ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। यसैक्रममा बिहीबार स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल भएको छ। यसअघि पनि मन्त्री मेहताको नेतृत्वमा सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग चरणबद्ध रूपमा छलफल हुँदै ...
। साढे ५० लाख रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै अएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम छन् । उनीहरूलाई ठमेलस्थित स्नोलाइन होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । उनीहरूबाट साढे ५० लाख नेपाली रुपैयाँ, ४ हजार २१५ ओमान रियाल र ...