मुख्य समाचार
सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा
सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा

। इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतीनगरले चालु आर्थिक वर्षको सामान महिनादेखि ९ मंसिरसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी हुँदै गरेका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

त्यसैगरी यो बीचमा तस्करी हुँदै गरेका केही पशु चौपाय समेत नियन्त्रणमा लिइएको छ । सो अवधिमा गुल्मले इलामको सूर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरूमा गरेको कारबाहीको क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमध्ये १ सय ७८ कार्टुन अर्थात् ३ हजार ५ सय ६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता चप्पल, ५ सय ७० किलो फर्सीको बियाँ लगायतका सामान छन् ।


उक्त सामानहरू सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसे सहितको संतुक्त टोलीले बरामद गरिएको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ ।

यो गुल्मको कमाण्ड सशस्त्र प्रहरीको मिडिया शाखामा लामो समय काम गरेका डीएसपी शैलेन्द्र थापाले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । कांग्रेसकै आह्वानमा गत कात्तिक १७ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेअनुसार मंगलबार सार्वजनिक लेखा समितिको बैठक बसेर सरकारलाई सातबुँदे ...
। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना बनाएको जानकारी दिएका छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको पनि बताए । महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने ...
: काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकाशे पुल निर्माण गर्ने भएको छ। अस्पतालका दुई भवनमा आवतजावत गर्न बिरामीलाई समस्या भएपछि महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो। पुल निर्माण कार्यको बिहीबार काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन्। सो क्रममा डंगोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन, व्यस्त क्षेत्र तथा सडक ...
। नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ । २१–२३ मंसिरमा काठमाडौंमा हुने भनिएको १५औं महाधिवेशनमा देउवा समूहले केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको हो । १५औं नियमित महाधिवेशन तयारी समितिअन्तगर्तको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले जानकारी दिए । ‘हिजोको बैठकमा यसबारे छलफल ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीकर्ताको विश्वास आर्जन गर्न नीतिगत सुधारका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘यूके–नेपाल बिजनेस फोरम’मा मन्त्री साहले अवसरसँगै लगानी आकर्षित गर्न विश्वास, नीतिगत पूर्वानुमानयोग्यता, पारदर्शिता र समयमै निर्णय आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे। उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको ...