मुख्य समाचार
कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय
कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय

। नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ ।

२१–२३ मंसिरमा काठमाडौंमा हुने भनिएको १५औं महाधिवेशनमा देउवा समूहले केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको हो । १५औं नियमित महाधिवेशन तयारी समितिअन्तगर्तको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले जानकारी दिए ।

‘हिजोको बैठकमा यसबारे छलफल भएको थियो । भोटिङ मेसिन हेर्न बाँकी थियो । फाइनल भएको थिएन,’ उनले अनलाइनखबरसँग भने, ‘निर्णय भइसकेको छ । आज निर्णय ‘फ्ल्यास’ गर्छौं ।’

देउवा समूहले बुधबार महाधिवेशन तयारी समिति को बैठक बोलाएर महाधिवेशनको तयारीबारे छलफल गरेको थियो । उक्त बैठकमा विद्युतीय मेसिनबाट मतदान गर्ने विषयमा छलफल भएको संयोजक कुइँकेलले बताए । महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी देउवा समूहको छ ।


हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, तीन सय जना मनोनीत, भ्रातृ संस्थाबाट दुई सय, जनसम्पर्क समितिबाट दुई सय तथा पालिका प्रमुखसहित अन्य प्रतिनिधि गरी आठ हजारभन्दा बढीको सहभागिता रहने कुइँकेलले बताए ।

देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यहरूलाई स्वत: केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वत: केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका थिए ।

‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका–नगर–उपमाहानगर–महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वत: केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । कांग्रेसकै आह्वानमा गत कात्तिक १७ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेअनुसार मंगलबार सार्वजनिक लेखा समितिको बैठक बसेर सरकारलाई सातबुँदे ...
। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना बनाएको जानकारी दिएका छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको पनि बताए । महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने ...
: काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकाशे पुल निर्माण गर्ने भएको छ। अस्पतालका दुई भवनमा आवतजावत गर्न बिरामीलाई समस्या भएपछि महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो। पुल निर्माण कार्यको बिहीबार काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन्। सो क्रममा डंगोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन, व्यस्त क्षेत्र तथा सडक ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीकर्ताको विश्वास आर्जन गर्न नीतिगत सुधारका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘यूके–नेपाल बिजनेस फोरम’मा मन्त्री साहले अवसरसँगै लगानी आकर्षित गर्न विश्वास, नीतिगत पूर्वानुमानयोग्यता, पारदर्शिता र समयमै निर्णय आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे। उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको ...
। इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतीनगरले चालु आर्थिक वर्षको सामान महिनादेखि ९ मंसिरसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी हुँदै गरेका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ...