मुख्य समाचार
काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकाशे पुल निर्माण गर्ने
काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकाशे पुल निर्माण गर्ने

: काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकाशे पुल निर्माण गर्ने भएको छ।

अस्पतालका दुई भवनमा आवतजावत गर्न बिरामीलाई समस्या भएपछि महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो। पुल निर्माण कार्यको बिहीबार काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन्। सो क्रममा डंगोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन, व्यस्त क्षेत्र तथा सडक पार गराउँदा बिरामीले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिइन्।

पुरानो र नयाँ अस्पताल भवनबिच सडक रहेकाले बिरामीलाई ट्रलीमा गुडाएर सडक पार गराउनुपर्दा गाडी, बाइक र स्कुटरको चापका कारण कठिनाइ हुने गरेको उनले बताइन्। उनले बिरामी र चिकित्सक दुवैको सुरक्षा तथा सहजताका लागि पुरानो र नयाँ अस्पताल भवन जोड्ने पुल समयमा नै निर्माण गरिने उल्लेख गरिन्।

४ करोड ७१ लाख रुपैयाँ लागतमा आगामी कात्तिक ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य भट्टले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरूसँग संवाद गरेर पुन: फिर्ता ल्याउनुपर्ने बताए । ‘स्थानीय र प्रदेश चुनाव आउँदैछ । चुनावको तयारीमा जुट्नु मात्र महत्वपूर्ण होइन,’ भट्टले भने, ‘किनकी ...
समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणा सहित मस्यौदा तयार गरी सरकार समक्ष पेस गर्ने कार्यादेश दिइएको छ । १० मंसिर, काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्य सहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका हुन् ...
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । कांग्रेसकै आह्वानमा गत कात्तिक १७ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेअनुसार मंगलबार सार्वजनिक लेखा समितिको बैठक बसेर सरकारलाई सातबुँदे ...
। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना बनाएको जानकारी दिएका छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको पनि बताए । महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने ...
। नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ । २१–२३ मंसिरमा काठमाडौंमा हुने भनिएको १५औं महाधिवेशनमा देउवा समूहले केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको हो । १५औं नियमित महाधिवेशन तयारी समितिअन्तगर्तको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले जानकारी दिए । ‘हिजोको बैठकमा यसबारे छलफल ...