मुख्य समाचार
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग

: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

कांग्रेसकै आह्वानमा गत कात्तिक १७ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेअनुसार मंगलबार सार्वजनिक लेखा समितिको बैठक बसेर सरकारलाई सातबुँदे निर्देशन दिएको पृष्ठभूमिमा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीमाथि पनि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको भन्दै छानबिन आवश्यक रहेको बताए ।

‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन । यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् ।

आङ्देम्बेले प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने ठाउँ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह ?’ उनले प्रश्न गरेका छन्, ‘कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो ? ठेक्का रद्द गर्ने कानुनी आधार के हो ? राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने ?’

मंगलबारको समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने सन्दर्भमा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाएका थिए । समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको छ । यस्तो अवस्थामा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको यो राष्ट्रिय गौरवको आयोजनाको १३ दशमलव ३ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । यस्तो महत्त्वपूर्ण आयोजनालाई सरकारी मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार बनाइएको भन्दै आङ्देम्बेले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि ग्रेटर नेपालको नक्सा आफ्नो महानगर कार्यकक्षमा टाँसेको, अहिले भारत भ्रमणमा सीमा विवादमा शब्दै उच्चारण नगरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनबाट पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टी लगायत सरोकारवालाहरुसँग संवाद नभएको, २५ घण्टाका लागि गएर तुरुन्त फर्किने हुँदा त्यसमा राष्ट्रहितका एजेन्डामा गहिरो ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले विधि र संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्ने बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ क्षेत्र नं. २ द्वारा बिहीबार धादिङबेसीमा आयोजित कार्यक्रममा उनले कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले सरकारका गलत कामविरुद्ध आवाज उठाउन पछि नहट्ने बताए । ‘नेपाली कांग्रेस पार्टी प्रश्न गर्न जन्मिएको ...
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य भट्टले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरूसँग संवाद गरेर पुन: फिर्ता ल्याउनुपर्ने बताए । ‘स्थानीय र प्रदेश चुनाव आउँदैछ । चुनावको तयारीमा जुट्नु मात्र महत्वपूर्ण होइन,’ भट्टले भने, ‘किनकी ...
समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणा सहित मस्यौदा तयार गरी सरकार समक्ष पेस गर्ने कार्यादेश दिइएको छ । १० मंसिर, काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्य सहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका हुन् ...
। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना बनाएको जानकारी दिएका छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको पनि बताए । महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने ...