मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि ग्रेटर नेपालको नक्सा आफ्नो महानगर कार्यकक्षमा टाँसेको, अहिले भारत भ्रमणमा सीमा विवादमा शब्दै उच्चारण नगरेको दाबी
प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि ग्रेटर नेपालको नक्सा आफ्नो महानगर कार्यकक्षमा टाँसेको, अहिले भारत भ्रमणमा सीमा विवादमा शब्दै उच्चारण नगरेको दाबी

। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि ग्रेटर नेपालको नक्सा आफ्नो महानगर कार्यकक्षमा टाँसेको, अहिले भारत भ्रमणमा सीमा विवादमा शब्दै उच्चारण नगरेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनबाट पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टी लगायत सरोकारवालाहरुसँग संवाद नभएको, २५ घण्टाका लागि गएर तुरुन्त फर्किने हुँदा त्यसमा राष्ट्रहितका एजेन्डामा गहिरो संवाद हुने अवसर गुमेको टिप्पणी गरे ।

‘प्रधानमन्त्री जाँदा उहाँसँग सिंगै राष्ट्र जानुपर्ने हो, तर त्यो उहाँको निजी भ्रमणजस्तो हुन पुग्यो,’ ओलीले बिहीबार राजधानीमा सम्पादकहरुसँग भने, ‘प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन । जेजति भए, ती विगतमै भइसकेका विषयका निरन्तरता मात्रै हुन् ।’

तर विगतमा जनकपुरमा दिन्छु भनेको, अनि भूकम्पपछिको पुनर्निर्माणमा दिन्छु भनेको सहायता नै नआएका कारण यसपल्ट पनि आर्थिक तथा विकास सहायता आउँछ भनेर मख्ख नपर्न ओलीले सचेत गराए ।


इपिजीका विषयमा सरकारले अनुचित ढंगले अडान छाडेको भन्दै ओलीले कडा आलोचना गरे । इपिजी दुई देशका सरकारले लागि सीमा लगायत धेरैवटा विषयमा अगाडि जानका लागि समझदारीपूर्वक गरेको निर्णय भए पनि अहिले त्यसलाई बीचैमा असान्दर्भिक घोषणा गर्न खोजिएको भन्दै उनको आपत्ति थियो ।

ओलीले आफू पोहोर भदौमा संवैधानिक ढंगले नभई हुल्लडबाजहरुबाट अपदस्थ गरिएको पनि बताए । उनले एसपीपीको मस्यौदा तयार पारेर हस्ताक्षर गर्न तयार रहेका बेला आफूले असफल पारिदिएको दाबी गरे । त्यो कसरी तयार भयो र कसरी रोकियो भन्नेबारे चाहिँ प्रष्ट गरेनन् । एसपीपी भनेको अमेरिकाको रक्षा तथा सुरक्षा रणनीतिसम्बन्धी कार्यक्रम हो ।



सम्पादकहरुसँग अनौपचारिक संवाद क्रममा ओलीले आफ्ना कुनै पनि अभिव्यक्ति गोप्य नरहने, आफू त्यसैका कारण नकारात्मक चित्रण गरिने पात्रका रुपमा परिचित रहेको बताए ।

सम्पादकहरुले आफ्नो नेतृत्वको सान्दर्भिकताबारे पटकपटक प्रश्न उठाएपछि ओलीले भने, ‘मेरा गलत नीतिहरु केही थिए भने त्यो लेखेर दिनुहोस् । खालि हट् हट् मात्रै नभन्नुहोस् । ट्रम्प, मोदी सबै बुढा छन्, म आज एकैदिनमा बुढो भएको होइन । पहिलोचोटि प्रधानमन्त्री बन्ने बेला पनि म बुढै थिएँ ।’

ओलीले वर्तमान सरकारले प्रेसलाई कडा व्यवहार गर्दा पनि प्रतिवाद हुन नसकेको भन्दै आलोचना गरे । पन्चायतकाल, शाही शासनकालमा प्रेसले कडा प्रतिवाद गरेको सम्झना दिलाउँदै उनले यति बेला मिडियामै प्रहरी घुस्दा पनि सरकारको विरोध नभइरहेको जिकिर गरे । उनले लोकतन्त्रका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने मान्यता सुनाए ।

ओलीले न्यायालयबाट पनि न्यायसम्पादन राम्रोसँग हुन नसकेको, त्यसमा सरकारी प्रभाव देखिएको संकेत गरे । उनले संवैधानिक अंगहरुबाट भइरहेका काम चित्तबुझ्दो नरहेको बताए । ‘हुन त यो कुरा बोल्यो भने अदालतको अवहेलना भन्छन्, तर अदालतको मान पीडितले मात्रै राखेर पुग्दैन, शासकले पनि मान राख्नुपर्छ,’ उनले भने, ‘अनुचित कामहरु भइरहेका छन्, त्यसको विरोध हुनुपर्ने जसरी भइरहेको छैन ।’

सम्पादकहरुसँग भेट्दा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि साथै आउने भनी एमाले प्रचार विभागले जानकारी दिएको थियो । तर दुवै नेता अनुपस्थित थिए । एमाले नेता प्रदीप ज्ञवाली, सूर्य थापा, निरु पाल र निरज आचार्य सहभागी भेलामा ओलीले पार्टीभित्र केही अराजकता बढेको, तर पछिल्लो बैठकमार्फत् त्यसलाई ठिक बाटोमा फर्काइएको दाबी गरे ।

एमालेले ‘लोकतन्त्र फिर्ता’ का लागि आन्दोलन आवश्यक रहेको तर्क गरेको छ । तर लोकतन्त्र अहिले नरहेको अवस्था हो र भन्ने प्रश्नको जवाफ उसले दिएको छैन । ओलीले स्थानीय चुनाव र प्रदेश चुनाव साथै हुन नसक्ने अडान राखेका छन् । संविधान र लोकतन्त्रको मर्म अनुसार दुवै चुनाव आ–आफ्नो तोकिएको अवधिमा हुनुपर्ने भन्दै उनले कुनै पार्टी र सरकारलाई खुसी बनाउन लोकतान्त्रिक मान्यताको प्रहार गर्न नसकिने तर्क गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी दिएका छन् । सेवाको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि नियामक निकायले कारबाही गर्ने बताए । अत्यावश्यक दूरसञ्चार सेवाको गुणस्तर ...
। सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताएका छन् । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्याल र एमालेका प्रमुख सचेतक ऐन महरसँगको भेटमा सभामुख अर्यालले यस्तो बताएका हुन् । सभामुख अर्याललाई भेट्न अर्याल र महर सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए । भेटमा समसामयिक राजनिति, संसदको हिउँदे अधिवेशन एवं संसदीय प्रक्रिया लगायतका ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले विधि र संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्ने बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ क्षेत्र नं. २ द्वारा बिहीबार धादिङबेसीमा आयोजित कार्यक्रममा उनले कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले सरकारका गलत कामविरुद्ध आवाज उठाउन पछि नहट्ने बताए । ‘नेपाली कांग्रेस पार्टी प्रश्न गर्न जन्मिएको ...
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य भट्टले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरूसँग संवाद गरेर पुन: फिर्ता ल्याउनुपर्ने बताए । ‘स्थानीय र प्रदेश चुनाव आउँदैछ । चुनावको तयारीमा जुट्नु मात्र महत्वपूर्ण होइन,’ भट्टले भने, ‘किनकी ...
समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणा सहित मस्यौदा तयार गरी सरकार समक्ष पेस गर्ने कार्यादेश दिइएको छ । १० मंसिर, काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्य सहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका हुन् ...