मुख्य समाचार
साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि नियन्त्रणमा
साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि नियन्त्रणमा

। सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्री वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी तीन दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार दुर्घटनामा संलग्न गाडी फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको गाडी इलाका प्रहरी कार्यालय धनगढीमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रहरी अनुसन्धानका क्रममा गाडी धनगढीमाई नगरपालिका–९ महुवा डाँडाका पल्टु रामको रहेको खुलेको छ ।


प्रहरीले नियन्त्रणमा लिएको गाडीको नम्बर बागमती प्रदेश ०१–०२५ च ७३९६ रहेको छ।गत मंगलबार साँझ निपाने चोकमा साइकलमा सवार महरालाई उक्त गाडीले ठक्कर दिएर फरार भएको थियो ।

दुर्घटनामा महराको मृत्यु भएपछि आक्रोशित स्थानीयले फरार चालक तथा सवारीसाधनको खोजी गरी दोषीमाथि कारबाही गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । सातौं वरीयतामा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मर्यादाक्रममा माथि सारेर तेस्रो स्थानमा ल्याइएको छ । यसअघि मन्त्रिपरिपद्को तेस्रो वरियतामा परराष्ट्र मन्त्री शिशिर खनाल थिए । सोबिता तेस्रो वरीयतामा उक्लिँदा उर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको ...
। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गरेकी हुन् । बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको उनले बताइन् । उनले ग्यास ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् । यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी दिएका छन् । सेवाको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि नियामक निकायले कारबाही गर्ने बताए । अत्यावश्यक दूरसञ्चार सेवाको गुणस्तर ...
। सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताएका छन् । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्याल र एमालेका प्रमुख सचेतक ऐन महरसँगको भेटमा सभामुख अर्यालले यस्तो बताएका हुन् । सभामुख अर्याललाई भेट्न अर्याल र महर सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए । भेटमा समसामयिक राजनिति, संसदको हिउँदे अधिवेशन एवं संसदीय प्रक्रिया लगायतका ...