मुख्य समाचार
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ

: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ। ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

समझदारीपत्र र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गरी देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निर्णय गरिएको ब्युरोको भनाइ छ।

यस प्रकरणमा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको रकम गैरकानुनी रूपमा संकलन भएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने उद्देश्य राखेको आरोपमा अर्याल पक्राउ परेका हुन्।

ब्युरोका अनुसार काठमाडौं जिल्ला अदालतबाट गत मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि उनलाई मंसिर १० गते पक्राउ गरिएको हो। अर्याल तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसमेत थिए। उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति विवरण सार्वजनिक गरिएको छ । भोटेकोशी बाढीबाट प्रभावित यातायात क्षेत्रका, श्रमिक तथा पीडित परिवारको राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनर्स्थापनाका विषय समेटिएको क्षति मूल्यांकन प्रतिवेदन भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष आज पेस गरेको छ । प्रतिवेदनमा समेटिएका सुझाव तत्काल कार्यान्वयन गर्न ...
। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको ठगी र रकम विदेश पठाइएको प्रकरणमा श्रम मन्त्रालयबाट गायब भएको फाइल फेला परेको छ । मन्त्रालयले उक्त प्रकरणको सक्कल फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हस्तान्तरण गरेको छ । मन्त्रालयबाटै अनुसन्धानसँग सम्बन्धित फाइल गायब भएपछि सीआईबीले पटक–पटक माग गर्दा पनि आवश्यक कागजात ...
: नेकपा संयोजक पुष्पकमल दाहालले शान्ति सम्झौता र संविधानसभाका सहयात्री दलबीच सहकार्यको प्रयास भइरहेको बताएका छन्। वामपन्थी एकताले मात्रै मुलुकको हालको संकट समाधान नहुने भन्दै दाहालले वाम–लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक भएको बताए। ‘वामपन्थीमात्रै मिलेर अहिलेको राष्ट्रिय संकट समाधान हुँदैन,’ दाहालले बिहीबार अन्नपूर्णसँगको कुराकानीमा भने, ‘१२ बुँदे समझदारीका सहयात्री र संविधानसभाका सहयात्री सबै मिल्नुपर्छ भनेर हामी संवादमा ...
: मुलुकको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री वालेन्द्र शाहले त्यसलाई बेवास्ता गरेका छन्। भारतको औपचारिक भ्रमणबाट फर्किएको चार दिन बित्दासमेत राष्ट्रपति पौडेलसँग भेटवार्ता नगरेका प्रधानमन्त्री शाहले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भने घण्टौं छलफल गरेका छन्। बिहीबार बूढानीलकण्ठस्थित लामिछाने निवास ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बूढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनाश आचार्यका अनुसार सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी गराएका ...