मुख्य समाचार
यूएईको संघीय श्रम कानुनले रोजगारदाताले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने व्यवस्था
यूएईको संघीय श्रम कानुनले रोजगारदाताले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने व्यवस्था

: तपाईं संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत हुनुहुन्छ ? तपाईंको राहदानी (पासपोर्ट) कम्पनीले राखेको छ ? यदि त्यसो हो भने यूएईको कानुनअनुसार तपाईंले आफ्नो पासपोर्ट आफैँसँग राख्न पाउनुहुन्छ ।

यूएईको संघीय श्रम कानुनले रोजगारदाताले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने व्यवस्था गरेको छ । यसमा पासपोर्टसमेत पर्छ । पासपोर्ट श्रमिकको व्यक्तिगत अधिकार भएकाले रोजगारदाताले आफ्नो नीतिनियम बनाएर समेत श्रमिकको पासपोर्ट नियन्त्रणमा राख्न मिल्दैन ।

सन् २०२२ फेब्रुअरी २ देखि लागू भएको उक्त कानुन निजी क्षेत्रका रोजगारदाता र श्रमिकबीचको सम्बन्धमा लागू हुन्छ । यसअघि यूएईमा धेरै कम्पनीले कामदारको पासपोर्ट आफैँसँग राख्ने गरेका थिए ।

यूएईको मानव संशाधन तथा एमिराटाइजेसन मन्त्रालय (मोहरे) ले पनि पासपोर्ट श्रमिकको व्यक्तिगत अधिकार भएको र रोजगारदाताले आफ्नो नियन्त्रणमा राख्न नपाउने स्पष्ट पारेको छ ।

भिसा नवीकरण वा अन्य प्रशासनिक प्रक्रियाका लागि श्रमिकले स्वेच्छाले पासपोर्ट बुझाएको अवस्थामा काम सकिएपछि रोजगारदाताले फिर्ता गर्नुपर्छ ।

कम्पनीले पासपोर्ट फिर्ता गर्न अस्वीकार गरेमा श्रमिकले पहिलो चरणमा लिखित रूपमा पासपोर्ट माग गर्न सक्छन् । त्यसपछि मोहरेमा श्रम उजुरी दिन सकिन्छ । आवश्यक परे सम्बन्धित प्रहरी निकायमा समेत उजुरी गर्न सकिन्छ ।

नेपाली श्रमिकले आफ्नो पासपोर्ट नियन्त्रणमा राखिएको, फिर्ता नदिइएको वा यसबाट कुनै समस्या परेको अवस्थामा नेपाली दूतावास अबुधाबी र दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा सहयोगका लागि सम्पर्क गर्न सक्छन् ।

रोजगारी गुम्ने डरले श्रमिकहरू आफ्नो व्यक्तिगत कागजातमाथिको अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था छैन । यूएईले पछिल्ला वर्षहरूमा श्रमिकमैत्री कानुनी व्यवस्था अघि बढाउँदै लगेको छ । यही कारण यूएई नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यका रूपमा रहँदै आएको छ ।

यूएईमा करिब ७ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा अन्य नेपाली घाइते पनि भएका छन् । गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दु:खद निधन ...
: संयुक्त अरब इमिरेट्स (यूएई) मा अनलाइन ठगी गर्ने गिरोहको जालोमा नेपाली श्रमिकहरु फस्ने गरेको पाईएको छ । विशेषगरी टेलिग्राममार्फत आकर्षक आम्दानी र पार्टटाइम कामको प्रलोभन देखाएर नेपालीको बैंक खाता प्रयोग गरी गैरकानुनी आर्थिक कारोबार गरेको पाएपछि उनीहरु कानूनी समस्यामा पर्ने गरेका हुन् । यसरी ठगीमा पर्ने नेपालीको यकिन तथ्यांक उपलब्ध नभए पनि संख्या ठूलो ...
। अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले अमेरिका बस्ने नेपाली समुदायमार्फत पनि नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बताएका छन् । नेपाली महावाणिज्यदूतावास टेक्ससद्वारा मंगलवार आयोजित पत्रकार तथा स्थानीय नेपाली समुदायसँगको भेटमा कार्यवाहक राजदूत आरणले यस्तो बताएका हुन् । ‘नेपाली समुदायको बसोबास धेरै भएका स्थानमा त्यहाँका कांग्रेसम्यान र सिनेटरसम्म तपाईँहरूले हाम्रो पहुँच बनाइदिन सक्नुहुन्छ,’ भेटमा ...
। रोमानियामा तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारले कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाएको छ । श्रमिकका गुनासो सम्बोधन गर्न सम्बन्धित नेपाली दूतावाससँग समन्वय गरिरहेको सरकारले उनीहरूलाई रोमानिया पठाउने प्रक्रियामा संलग्न म्यानपावर कम्पनीमाथि समेत अनुसन्धान थालेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार ...
: साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रको एक अग्लो भवनमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा परी तीन नेपालीसहित ११ जना घाइते भएका छन्। साउदी अरबको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार मंगलबार (नोभेम्बर २४) वित्तीय केन्द्रस्थित एक भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो। आक्रमणमा दुई साउदी नागरिक, दुई भारतीय, तीन नेपाली र चार इजिप्सियन ...