मुख्य समाचार
सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना
सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना

। सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना गरिएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।

अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको कुल ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो ।


बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण पेस गर्न नसकेपछि भण्डारलाई जरिवाना गरिएको हो ।

भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डीएपी थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डीएपी भेटिएको थियो ।

बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।

यसैगरी, बुद्धशान्ति–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालिकाको चरित्रहत्या, ब्ल्याकमेलिङ तथा अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ ...
। रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुमवासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया ...
। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण डेढ दशकपछि ...
। सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ । कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार नेपाल सरकारले १७ कात्तिकमा समिति विघटन गरेको हो । विघटन निर्णय आज राजपत्रमा सूचना प्रकाशित भएपछि पुष्टि भएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजना कार्यान्वयन गरिरहेको छ । पृथ्वीको सबैभन्दा कान्छो पहाडका ...
। कांग्रेस देउवा पक्षको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले महाधिवेशनलाई पार्टी एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । बिहीबार देउवा पक्षको पर्सा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक भएपनि यसमा एकताको भाव पनि कायम राख्नुपर्ने बताएका हुन् । ‘पार्टी अधिवेशन महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिष्पर्धा हुन्छ । यो स्वभाविक ...