मुख्य समाचार
मायादेवी गाउँपालिकाका १४८ सुकुमवासी परिवारले पाए लालपुर्जा
मायादेवी गाउँपालिकाका १४८ सुकुमवासी परिवारले पाए लालपुर्जा

। रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुमवासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन ।


लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि गाउँपालिकाले १४८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लाभग्राही परिवारलाई प्रमाणपुर्जा वितरण गरेका छन् । जिल्ला नापी कार्यालय रूपन्देहीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो ।


प्रमाणपुर्जा प्राप्त भएसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ । यसबाट जग्गाको स्वामित्वसम्बन्धी कानुनी पहिचान सुनिश्चित हुनुका साथै सम्पत्तिको सुरक्षा र उपयोगमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ । ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बाढीपछिको पुनर्निर्माण तथा पुन:स्थापनासम्बन्धी सरोकारवाला जनप्रतिनिधि तथा पदाधिकारीसँग गत सोमबार प्रदेश सुशासन केन्द्र, जावलाखेलमा आयोजित समन्वय बैठकले ...
। सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालिकाको चरित्रहत्या, ब्ल्याकमेलिङ तथा अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ ...
। सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना गरिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको छ । अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र ...
। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण डेढ दशकपछि ...
। सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ । कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार नेपाल सरकारले १७ कात्तिकमा समिति विघटन गरेको हो । विघटन निर्णय आज राजपत्रमा सूचना प्रकाशित भएपछि पुष्टि भएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजना कार्यान्वयन गरिरहेको छ । पृथ्वीको सबैभन्दा कान्छो पहाडका ...