मुख्य समाचार
सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने ९ जना पक्राउ
सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने ९ जना पक्राउ

। सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालिकाको चरित्रहत्या, ब्ल्याकमेलिङ तथा अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ ।

बुधबार पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा, काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने ३२ वर्षीय महमद फैसल एजाज, इलाम देउमाई नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं बस्ने ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दी मंगल गाउँपालिका–५ अर्मनका ५६ वर्षीय दिलबहादुर मगर र उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की छन् ।


प्रहरीका अनुसार आशिषले फेसबुकमा नक्कली खाता बनाएर पीडित नाबालिकाका अश्लील तस्वीर तथा भिडियो आफन्त र साथीहरूलाई पठाउने गरेका थिए । रोहितले इमोमार्फत युवतीलाई अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएर दुर्व्यवहार गरेको आरोप छ ।

त्यस्तै, प्रेम सम्बन्ध टुटेपछि महमद फैसलले पीडितका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी चरित्रहत्या गरेको, विमलले नक्कली टिकटक खातामार्फत गोप्य तस्बिर तथा भिडियो प्रसारण गरेको प्रहरीले जनाएको छ ।

दिलबहादुरले फेसबुकमार्फत अश्लील गालीगलौज गरेको र सुवासले नक्कली फेसबुक खाता बनाएर अश्लील तस्वीर तथा भिडियो पठाउँदै ब्ल्याकमेलिङ र चरित्रहत्या गरेको आरोप छ ।

यस्तै, बिहीबार पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ३२ वर्षीय चिरञ्जीवी सापकोटा छन् । उनले ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरी चरित्रहत्या गरेको प्रहरीको आरोप छ ।

त्यसैगरी, पीडितको सामाजिक सञ्जाल ह्याक गरी अश्लील तस्वीर तथा भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै रकम माग गरेको आरोपमा १५ र १६ वर्षका दुई नाबालकलाई कास्की प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला तथा बालबालिकालाई लक्षित गरी अनलाइन दुर्व्यवहार गर्ने, धम्की दिने, अश्लील तथा अपमानजनक अभिव्यक्ति दिने, व्यक्तिगत तस्बिर तथा भिडियो दुरुपयोग गर्ने र नक्कली खाता बनाएर सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने घटना बढिरहेका छन् ।

नेपाल प्रहरीले यस्ता गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ । साइबर दुर्व्यवहार, धम्की, ब्ल्याकमेलिङ वा चरित्रहत्याबाट पीडित भएकाहरूलाई नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी तथा सूचना दिन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ । ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बाढीपछिको पुनर्निर्माण तथा पुन:स्थापनासम्बन्धी सरोकारवाला जनप्रतिनिधि तथा पदाधिकारीसँग गत सोमबार प्रदेश सुशासन केन्द्र, जावलाखेलमा आयोजित समन्वय बैठकले ...
। रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुमवासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया ...
। सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना गरिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको छ । अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र ...
। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण डेढ दशकपछि ...
। सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ । कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार नेपाल सरकारले १७ कात्तिकमा समिति विघटन गरेको हो । विघटन निर्णय आज राजपत्रमा सूचना प्रकाशित भएपछि पुष्टि भएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजना कार्यान्वयन गरिरहेको छ । पृथ्वीको सबैभन्दा कान्छो पहाडका ...