मुख्य समाचार
सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग
सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग

। सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । साथै, उक्त निर्णय फिर्ता लिन कांग्रेसले सरकारसँग माग पनि गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीले गरेको निर्णयबारे जानकारी गराउँदै जारी विज्ञप्तिमा सरकारले उक्त निर्णयप्रति पार्टीले गम्भीर आपत्ति प्रकट गरेको जनाइएको छ ।

‘सरकारले सुकुमवासीका घर भत्कायो, व्यवस्थापन र लालपुर्जाको आश्वासन दियो, महिनौँसम्म अनिश्चिततामा राख्यो र आज अस्थायी आश्रयबाट समेत हटाउन खोज्दैछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको नेपाली कांग्रेसको ठहर छ ।’

सरकारसँग कानुनको पालना गर्ने विवेक मात्र होइन, नागरिकको पीडा बुझ्ने करुणा पनि हुनुपर्ने कांग्रेसको भनाइ छ ।


‘असहाय नागरिकप्रतिको सरकारको पछिल्लो व्यवहारमा त्यही करुणा र मानवीय संवेदनाको गम्भीर अभाव देखिएको छ । राज्य नागरिकको अभिभावक हो । घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रय समेत खोस्नु होइन,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, पार्टीले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिएको कांग्रेसको निर्णयमा उल्लेख छ ।

‘भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या दमन र विस्थापनबाट होइन, न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गरिनु पर्दछ । सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेस निर्णयमा भनिएको छ ।

होल्डिङ सेन्टरको समन्वय र सहजीकरण समिति गठन पनि कांग्रेसले गरेको छ ।

केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेको समितिलाई उक्त समितिको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न सरकारले म्यानपावर कम्पनी र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन सञ्चालन गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नेपाल प्रहरीले सरोकारवाला निकायसँगको समन्वयमा गैरकानुनी गतिविधिमा संलग्न म्यानपावर तथा कन्सल्टेन्सीमाथि गोप्य रूपमा सूचना संकलन गरी विशेष अप्रेसन चलाउन लागेको हो । ४ मंसिरमा गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा ...
। नरदेवीको श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच काठमाडौंमा जारी छ । श्री श्वेतकाली (ङयातभूलू अजिमा) नाच नरदेवीको श्री श्वेतकाली घ:छे बाट देवी नाचको आरम्भ भएको हो । सो नाच आज तलेजु भवानी मन्दिर परिसरमा रहेको डबलीमा प्रस्तुत गरी सर्वसाधारणलाई देखाइएको हो । यो नाच कुमारी घरअगाडि रहेको डबली, नरदेवीलगायत विभिन्न स्थानमा देखाइन्छ ...
। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ । ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बाढीपछिको पुनर्निर्माण तथा पुन:स्थापनासम्बन्धी सरोकारवाला जनप्रतिनिधि तथा पदाधिकारीसँग गत सोमबार प्रदेश सुशासन केन्द्र, जावलाखेलमा आयोजित समन्वय बैठकले ...
। सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालिकाको चरित्रहत्या, ब्ल्याकमेलिङ तथा अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ ...
। रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुमवासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया ...