मुख्य समाचार
सरकारले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाए
सरकारले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाए

: सरकारले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राखेको जानकारी दिए। उनले निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श प्रदान गरिएको बताए। प्रवक्ता अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिनियर म्यानेजमेन्ट टिमको बैठक सम्पन्न भएको र बैठकमा दैनिक कार्यसम्पादन, महाशाखा÷क्षेत्र÷शाखागत समन्वय तथा चालु आर्थिक वर्षका लक्ष्य र माइलस्टोन समयमै पूरा गर्न देखिएका समस्या समाधानबारे छलफल गरिएको बताए।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक कार्यक्रम, बजेट र योजनाबिच नीतिगत तादात्म्यता मिलाउन, सामञ्जस्यता कायम गर्न तथा दोहोरोपना हटाउन पछिल्लो तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने फ्रेमवर्क निर्माण गरिएको उनको भनाइ छ। त्यस्तै, भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्सिर ११ गतेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ मौज्दात रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तय गरिएको बताएकी छन्। नवौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री वादीले सामाजिक सुरक्षा कोषमा राहत शिक्षक र बाल विकास सहजकर्तालाई पनि समावेश गरिने आश्वासन दिइन्। उनले ...
। सरकारले बजार अनुगमन क्रममा तोकिएको जरिबाना रकम एक महिनाभित्र सरकारी राजस्व खातामा दाखिला गर्न सम्बन्धित व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यवसायीहरूलाई यस्तो अल्टिमेटम दिएको हो । सूचनामा उपभोक्ताको हक, हित तथा ...
: काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा पेश गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । अदालत ल्याउनुअघि अर्याललाई सरकारी वकिलको कार्यालयमा पुराइएको थियो । त्यसपछि प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो । मलेसियाको वैदेशिक रोजगारीको ...
। लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो । कोषले आजैदेखि लागु हुनेगरी सूचना जारी भएको २४ ...
: जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जनगुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ स्थायी घर ...