मुख्य समाचार
वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग
वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग

। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

आङ्देम्बेले सरकारको यस्तो कार्य निन्दनीय रहेको पनि बताए । ‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिँदैछ । यो निन्दनीय छ,’ आङ्देम्बेले भनेका छन् ।
उनले देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई पहिले जग्गाको टुंगो लगाएर मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

‘देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई पहिले जग्गाको टुंगो लगाइयोस् । उनीहरूको आवास सुनिश्चित गरियोस् । त्यसपछि मात्र व्यवस्थापनको प्रक्रिया अघि बढाइयोस् । वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्‍याउने अधिकार सरकारलाई छैन,’ आङ्देम्बेको भनाइ छ ।


भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (शुक्रबार) दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाबापत सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ ।

आङ्देम्बेले सरकारको उक्त कदमलाई संविधानप्रदत्त आवासको हकविपरीत रहेको बताएका छन् । संविधानको धारा ३७ (१) ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यले नागरिकको आश्रय खोस्ने नभई आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउनुपर्ने बताएका छन् ।

‘राज्यको जिम्मेवारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो,’ उनले भने ।

उनले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्यांक संकलन गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने कांग्रेसको सुझाव सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तय गरिएको बताएकी छन्। नवौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री वादीले सामाजिक सुरक्षा कोषमा राहत शिक्षक र बाल विकास सहजकर्तालाई पनि समावेश गरिने आश्वासन दिइन्। उनले ...
। सरकारले बजार अनुगमन क्रममा तोकिएको जरिबाना रकम एक महिनाभित्र सरकारी राजस्व खातामा दाखिला गर्न सम्बन्धित व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यवसायीहरूलाई यस्तो अल्टिमेटम दिएको हो । सूचनामा उपभोक्ताको हक, हित तथा ...
: काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा पेश गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । अदालत ल्याउनुअघि अर्याललाई सरकारी वकिलको कार्यालयमा पुराइएको थियो । त्यसपछि प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो । मलेसियाको वैदेशिक रोजगारीको ...
। लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो । कोषले आजैदेखि लागु हुनेगरी सूचना जारी भएको २४ ...
: जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जनगुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ स्थायी घर ...