मुख्य समाचार
१० औं राष्ट्रिय खेलकुद : फुटबलमा लुम्बिनीलाई कोशीले हरायो
१० औं राष्ट्रिय खेलकुद : फुटबलमा लुम्बिनीलाई कोशीले हरायो

। १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रबार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ ।

कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गरेका थिए ।

लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९ औं मिनेटमा फागुराम चौधरीले गरेका थिए ।

फागुराम र प्रकाशलाई एक खेल प्रतिबन्ध


कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८ औं मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा खेलेको थियो । रातोकार्ड पाएका भुजेललाई आगामी एक खेलमा प्रतिवन्ध लागेको छ ।

यस्तै सो खेलमा लुम्बिनीका फागुराम चौधरीले पहेँलो कार्ड पाएका थिए । पहिलो खेलमा पनि चौधरीले पहेँलो कार्ड पाउँदा पहेँलो कार्डको संख्या दुई भएपछि उनलाई पनि आगामी एक खेल प्रतिबन्ध लागेको म्याच कमिसनर बीरेन्द्र पाण्डेले जानकारी दिए ।

आफ्नो पहिलो खेल बागमतीसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छ भने त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंक बिहीन भएको छ ।

शुक्रवार दिउँसो २:३० बजे बागमती र नेपाली सेनाको त्रिुभवन आर्मी क्लवबिच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेलको ...
: १० औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आयोजक कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ विकेटको क्षतीमा १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको कर्णालीले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गर्यो। कर्णालीका लागि विपिन रावलले ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहितकुमार पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्। उनले थाइल्यान्डमा आज बिहीबार प्रेमिका खड्कासँग विवाह गरेका हुन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै २४ वर्षीय रोहित र सिम्रनले थाइल्यान्डमा आयोजित एक समारोहबीच लगनगाँठो कसेका हुन्। ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि सहयात्रीसम्म। सधैँभरि सँगै रहने वाचासहित,’ रोहितले सामाजिक सञ्जालमार्फत ...
: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्। ...
: सुर्खेतको बीरेन्द्रनगरमा जारी १० औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ हो। बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनाउन सक्यो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया ...